राज्यसँग ‘बुलेट’ र पार्टीसँग ‘ब्यालेट’ विद्रोह गरेर मन्त्री
माओवादीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित खड्ग बस्नेत अन्ततः मन्त्री बन्न सफल भएका छन् । नवलपरासीको सुनवल नगरपालिका–४ का ३७ वर्षीय बस्नेतलाई गत बिहीबार विनाविभागीय मन्त्री बनाइएकामा बुधबार देउखुरीमा बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकेको हो ।