टर्कीका लागि नेपालका गैरआवासीय राजदूत अधिकारीले बुझाए ओहदाको प्रमाणपत्र
काठमाडौँ — टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले आफ्नो ओहदाको प्रमाण पत्र बुझाएका छन् ।
पाकिस्तानका लागि नेपालका आवासीय राजदूत अधिकारी ओहदाको प्रमाण पत्र बुझाउन टर्की पुगेका हुन् । पाकिस्तानस्थित नेपाली दूतावासका अनुसार अधिकारीले टर्कीका राष्ट्रपति रेसेप तयिप एर्डोगानलाई ओहदाको प्रमाण पत्र बुझाएका हुन् ।
उक्त अवसरमा दुई मुलुक बीचको द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया