२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नेपाल-इटाली द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउन जोड

काठमाडौँ — नेपाल र इटालीले दुई मुलुक बीचको सम्बन्धलाई थप बलियो बनाउनमा जोड दिएका छन् ।

नेपाल-इटाली द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउन जोड

जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालका प्रतिनिधि राजदूत रामप्रसाद सुवेदी र इटालीको परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयकी दक्षिण एसिया प्रमुख सिल्भिया कोन्स्टान्टिनी बीच शुक्रबार भएको भेटवार्तामा दुई पक्षीय सम्बन्धको बारेमा छलफल भएको नेपाली नियोगले जनाएको छ ।

उक्त अवशरमा नेपालबाट नियोग उपप्रमुख पारस पण्डित उपस्थित थिए भने इटालीको तर्फबाट अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : वैशाख १४, २०८१ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?