कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

रवीन्द्र समीरको नयाँ उपन्यास ‘पैसाको उडान’

काठमाडौँ — साहित्यकार रवीन्द्र समीरको उपन्यास पैसाको उडान प्रकाशन भएको छ  । लघुकथामा अब्बल मानिने रवीन्द्र समीरले प्रयोगवादी उपन्यास लेखनमा लागिरहेका छन्  । मृत्युको आयु, कोरोनातन्त्र जस्तै पैसाको उडान पनि लघुकथा शैलीमा लेखिएको उपन्यास हो  ।

रवीन्द्र समीरको नयाँ उपन्यास ‘पैसाको उडान’

अकल्पनीय रुपमा अर्बपति भएको कुवेर नामक नेता पैसाले खुसी, इज्जत, भोक, निद्रा, भावना, मुस्कान, आँसु जस्ता अभौतिक वस्तु किन्ने दौडमा आधारित यो उपन्यासमा उसको मानसिक विचलन उजागर गरिएको छ । सँगै राजनीति गरेको सुदामाको आदर्श जीवनलाई उपन्यासका हरेक कथामा सँगसँगै बुनिएको छ ।

उपन्यासमा पैसाको महत्त्व मात्र हैन, सीमितताबारे मार्मिक ढंगबाट लेखिएको छ । विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकताको विकासले मानव सभ्यतामाथि के कस्तो प्रभाव पार्न सक्छ भन्ने आकलन पनि उपन्यासमा गरिएको छ ।

पैसाको लागि काकाकुल बनेको यो वैश्ययुगमा पैसाका आवश्यकता मात्र नभएर मृगतृष्णा भएको तथ्य सूक्ष्म ढंगबाट उजागर गरिएको छ । मुख्य पात्र कुवेर र सुदामाको वरिपरि लेखिएको यो उपन्यासमा ५६ च्याप्टर छन् । अत्यधिक पैसाले जीवनमा के कस्ता दुष्प्रभाव पार्दछ भन्ने कोणबाट यो उपन्यास पृथक् छ ।

शिखा बुक्सले प्रकाशन गरेको पैसाको उडानको मूल्य ३२५ छ ।

प्रकाशित : वैशाख १४, २०८१ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?