कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फुटबल हेर्न ओइरिए दर्शक

काठमाडौ — नेपाली खेलकुदमा बिक्री गर्न सकिने एकैमात्र खेल फुटबल रहेको फेरि सिद्ध भएको
छ । बि्रटिस गोर्खा कपको फाइनलमा रंगशाला भरिएको थियो र १५ हजारको हाराहारीमा उपस्थित दर्शक टिकट काटेरै खेल हेर्न आएका थिए ।

नेपाली खेलकुदमा बिक्री गर्न सकिने एकैमात्र खेल फुटबल रहेको फेरि सिद्ध भएको
छ । बि्रटिस गोर्खा कपको फाइनलमा रंगशाला भरिएको थियो र १५ हजारको हाराहारीमा उपस्थित दर्शक टिकट काटेरै खेल हेर्न आएका थिए । नेपाली खेलप्रेमी अझै फुटबललाई माया गर्छन् र अब्बल दर्जाको खेल हेर्न रुचाउँछन् भन्ने यसले प्रमाणित गर्छ ।
नबिल थ्री-स्टार र लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दीबीचको फाइनलले ती दर्शकलाई खुसी पनि तुल्यायो । पछिल्लो समय यी दुई क्लब बलियो प्रतिद्वन्द्वीका रूपमा अगाडि आउनु नेपाली फुटबलका लागि सुखद हो । यी दुई यस्ता क्लब हुन्, जसका आपmनो भन्न मिल्ने समर्थक
छन् । विशेषतः थ्री-स्टार स्थानीय रूपमा भिजेको क्लब हो । कम्तीमा उसको सफलताले ललितपुरको एक भेगलाई असाध्यै खुसी पार्ने गर्छ ।
सायद यसै कारणले गर्दा बि्रटिस गोर्खा कप उपाधि रक्षा गरेपछि उसका अध्यक्ष ललितकृष्ण श्रेष्ठले आपmना समर्थकलाई धन्यवाद दिन बिर्सेनन् । सिजन लाग्नेबित्तिकै अब त थ्री-स्टारको कुनै दम नहुने लख काटिएको थियो । हुन पनि औसत आँक्न मिल्ने खेलाडीको बाहुल्यतामा अहिलेको टिम बनेको छ । यिनै खेलाडीलाई तिखारेर अन्ततः टिमले क्लब इतिहासमै राजधानीमा दोस्रोपल्ट उपाधि जित्यो ।
मनाङको छवि भने नेपाली फुटबलमा उपलब्ध सकेसम्म राम्रा खेलाडी आफूसँग आबद्ध गर्नु हो । र, यसलाई निरन्तरता दिनुपर्छ । नेपाली फुटबलमा पहिलोपल्ट व्यावसायिकता भित्र्याउने श्रेय मनाङलाई जान्छ । त्यति बेला पनि उसले लगभग सबै नेपाली राष्ट्रिय खेलाडीलाई अनुबन्ध गरेको
थियो । यसै सिजनदेखि यो
क्रम केही अंशमा भए पनि दोहोरिएको छ ।
दर्शकबाट उठेको रकम क्लबले पनि पाउने भएपछि त्यसबाट फाइदा लिन सक्ने टिम थ्री-स्टार र मनाङ देखिएका
छन् । बि्रटिस गोर्खा कपमा क्वाटरफाइनल पुगेको टिमले दर्शकबाट उठेको रकममध्ये ३० प्रतिशत पाए । लिग चरणमा यो आंकडा प्रत्येक क्लबका लागि २० प्रतिशत थियो । यिनीहरूले जस्तै अब अरूले पनि आपmनो भन्न सक्ने समर्थक बनाउनु पर्नेछ ।
नेपाली फुटबलमा उत्तिकै दरिलो रूपमा पेस हुने पुलिस भने अचेल फितलो देखिएको
छ । बि्रटिस गोर्खा कपमा पनि उसको प्रदर्शन प्रतिष्ठाअनुसार रहेन । केही वर्षअघिसम्म पुलिस हारको संघारमा रहेर पनि जित्ने गथ्र्यो । पुलिस टिममा यस्तो भावना थियो, जसको
मदतले खेलाडीले हारको स्थितिबाट टिमलाई जितसम्म पुर्‍याउने गर्थे ।
बरु सेमिफाइनलमै यात्रा टुंगिए पनि सामसुङ जावलाखेलले सबैको मन जितेको थियो । तिलोत्तमा गोल्डकप जितेर सबैलाई आश्चर्यमा पारेको जावलाखेल बि्रटिस गोर्खा कपको पहिलो खेलमै नराम्रोसँग हार्‍यो । त्यो जावलाखेलका लागि खराब दिन थियो । अन्तिम चारमा पुगेर टिम मजबुत रहेको सिद्ध गर्न जावलाखेल सफल भने भयो ।
नियमको खाँचो
यो तीखो व्यंग्य पनि
हुनसक्छ । अथवा अनिष्ट मनसाय पनि । नेपाली फुटबलमा खेलाडी र रेप|mीबीच गजबको दोस्ती हुने गर्छ । त्यसकै निहुँमा केही खेलाडी रेप|mीलाई भन्दै थिए, 'अब हामी पनि काठमाडौं बाहिर
खेल्दा रेप|mीको खुट्टा भाँच्छौं । आखिर कारबाही हुने त्यही दुई खेल प्रतिबन्ध त हो ।' यी यस्ता दुई वाक्य हुन्, जसका लागि एन्फा तुरुन्तै सतर्क हुन आवश्यक छ ।
बि्रटिस गोर्खा कप चल्दै गर्दा कारबाहीका दुई स्वरूप आए, स्वयम्भूका सुमन लिगल एक वर्षको प्रतिबन्धमा परे । पुलिसका जुमनु राई भने उनकै जस्तो अनुशासनहीन कामका लागि दुई खेल प्रतिबन्धमै
रोकिए । फरक कति भने जुमनुको रेप|mी लव खत्रीसँगको धक्कामुक्की तिलोत्तमा गोल्ड कपमा भएको थियो ।
मोफसलमा हुने साना, ठूला सबै खाले प्रतियोगितामा नियमलाई लिएर पर्याप्त खुकुलोपन पाइन्छ । एन्फाको आधिकारिकता प्राप्त प्रतियोगिता र राजधानीमा हुने प्रतियोगिताबीच अन्तर देखिने गर्छ । सुमनले एक वर्षको प्रतिबन्धमा पर्नुपर्ने काम गरेका थिए, तर नियम नभएको स्थितिमा जुमनु बच्नु पनि राम्रो थिएन । यस्ता घटनालाई लिएर एन्फाबाट ठोस नियमको तत्काल अपेक्षा गर्न सकिन्छ ।
फेरि रेप|mीहरू पनि नियम जत्तिकै खुकुला छन् । जुमनु र लवबीचको घटना खेल सकिएपछि मैदानमै भएको
थियो । उनले कार्ड देखाउन सकेनन् । न त उनका विरुद्ध रेप|mी र उनका सहायकले कुनै प्रकारको 'रिपोर्ट' गरे । रेप|mी र लाइन्सम्यानले फिफाको ब्याच लगाएका छन् भने त्यसले दिने अधिकारमा निर्णय लिन पनि सक्नुपर्छ ।
गलत चयन
सन्तोष साहुखल अहिलेका नेपाली फुटबलका उपलब्ध उत्कृष्ट फरवार्ड हुन्, यसमा दुईमत छैन । तर बि्रटिस गोर्खा कपमा उनको प्रदर्शनले त्यो छविलाई न्याय गरेन । तर पनि उनी उत्कृष्ट फरवार्ड घोषित भए । उनले सेमिफाइनल र फाइनल गरेर २ सय ४० मिनेटमा कुनै गोल गर्न सकेनन्, बरु दुवै खेलका टाइब्रेकरमा उनी पेनाल्टीमा चुके ।
उनले गरेका अरू गोलले मनाङलाई फाइनलसम्म पुर्‍याउन निणर्ायक भूमिका खेलेको थिएन । उत्कृष्ट खेलाडी घोषणाले नेपाली फुटबलमा विरलैको मन जितेको छ । यसपल्ट पनि यो क्रम रोकिएन । सन्तोषको चयन हतारमा गरिएको जस्तो
देखिन्छ । थ्री-स्टारका बुद्ध चेम्जोङले पाँच र राजकुमार घिसिङले चार र जावलाखेलका कर्ण सुब्बाले पनि चार गोल नै गरेका थिए ।
उनीहरूको प्रदर्शन सन्तोषको तुलनामा राम्रो थियो । जावलाखेलका कोही पनि उत्कृष्टमा नपर्नु पनि अन्याय थियो । डिफेन्डरमा रोविन श्रेष्ठ र किपरमा विशाल श्रेष्ठमा पनि फरक मत प्रस्तुत गर्ने ठाउँ छ ।
उत्कृष्ट चयन गर्ने जिम्मा पाएकामध्ये भीम थापा र योगम्बर सुवालसँग आपmनो रोजाइमा प्रस्तुत गर्ने तर्क पनि होलान् । तर सन्तोषको चयनमा वास्तवमै विमति गर्न सकिन्छ ।


प्रकाशित : पुस १७, २०६७ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?