कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१० का दस

काठमाडौ — सन् २०१० सकिएको छ । एक्काइसौं शताब्दीको यो पहिलो दशकले संसारलाई केही यस्ता मान्छे दियो, जसले आउने वर्षहरूमा पनि चर्चा पाइरहनेछन् । तल उल्लेख गरिएका यी १० मान्छे
यही सूचीमा पर्छन् ।

१. जुलियन आसान्ज
बितेको वर्षको अन्तिम महिनातिर अचानक समाचारमा आएको यो नाम त्यसयता लाखौंपटक लेखिइएको छ । अमेरिकी सरकारका गुप्तचरी दस्ताबेज सार्वजनिक गरेर संसारभर हल्लिखल्ली मच्चाइदिएको विकिलिक्स नामक वेबसाइटका संस्थापक एवं सम्पादक जुलियन असान्जले यो वर्ष संसारलाई सबभन्दा बढी प्रभावित पारे । उनले सार्वजनिक गरेका दस्ताबेजले राजनीति, खासगरी अमेरिकी सरकारको नीतिलाई बढी प्रभावित पारे । पश्चिमा अखबारहरूले उनलाई लगाइएको बलात्कारको आरोपका बारेमा धेरै लेखे पनि उनले गरेका खुलासाले महाशक्ति स्वयंलाई आरोपहरूको पहिरोमो पुरिदियो । दस लाख अमेरिकी डलर लिएर उनले लेख्न लागेको आत्मकथा अहिलेदेखि नै चर्चामा छ ।
२. म्याराडोना र मेसी
गत वर्षको सबभन्दा ठूलो खेलमेला विश्वकप फुटबल थियो । उपाधि स्पेनले जिते पनि संसारभर अर्जेन्टिनाका कोच डियगो म्याराडोना छाए । दुवै हातमा घडी लगाएका यी महान् फुटबलरलाई फिल्डलाइन बाहिर उपि|mएको र नाचेको देख्दा फुटबलप्रेमी निकै खुसी भए । उनकै टिमकै खेलाडी लियोनल मेसी पनि गत वर्ष समाचारमा आइरहे । यी फिफा वर्ष खेलाडीले देशलाई विश्वकप जिताउन नसके पनि क्लब बार्सिलोनालाई भने च्याम्पियन बनाउन योगदान गरे । जनवरीको पहिलो साता हुने फिल्फा वर्ष खेलाडीमा उनी आप\mनै क्लबका जाभी र इनेस्टासँगै मनोनीत छन् ।
३. आङसाङ सुकी
लोकतन्त्रको युगलाई चुनौती दिनेगरी वर्मामा चलिरहेको सैनिक शासनका खिलाफ निरन्तर खडा रहेर आङसाङ सुकीले संसारलाई चकित बनाइन् । र, यसै वर्ष उनलाई सात वर्षको नजरबन्दबाट मुक्त गरेर सैनिक सरकार 'जुन्ता'ले पनि संसारलाई आंशिक आश्चर्यमा पार्‍यो । नजरबन्द मुक्त भएपछि आप\mनो घरको गेटमा समर्थकले दिएको फूललाई जब सुकीले कपालमा सिउरिइन्, यो फूललाई वर्माको भविष्यको विम्बका रूपमा प्रयोग गरियो, जो सायद अब फुल्नेछ ।
४. हु जिन्ताओ
सबभन्दा धेरै जनसंख्या भएको देशको राष्ट्रपति भएका कारण हु जिन्ताओ यो सूचीमा परेका होइनन् । चीनले गरेको आर्थिक र सांस्कृतिक उन्नतिको नेता भएका नाताले उनको नाम यहाँ लिइएको हो । ओलम्पिकको भव्य आयोजन होस् वा एसियाड उत्सव, चीनले खेलमा कलालाई मिसाएर विश्वलाई अचम्ममा पारिदियो । आर्थिक मन्दीले संसारलाई गाँजेका बेला पनि चीनको 'इकोनोमिक सप\mटवेयर' मा खराबी आएन । चीन भन्नासाथ कम्युनिस्ट भनेर नाक खुम्च्याउने पश्चिमाको नाकै मुन्तिर जिन्ताओको चीनले सम्पन्नता र वैभवका नयाँ दरबार बनाएर देखाइदियो ।
५. जेम्स क्यामरुन
मान्छेको कल्पनाको पल्लोछेउसम्म पुग्नेगरी उनले रंगीन पर्दालाई भव्यताले छोपिदिए । 'टर्मिनेटर' र 'टाइटानिक' जस्ता फिल्म बनाएर पहिले पनि आप\mनो चमत्कार देखाएका क्यामरुनको २००९ को अन्त्यतिर आएको थ्री-डी फिल्म
'अवतार' गत वर्ष पनि चर्चामा रह्यो । ओस्कर दौडमा पूर्वपत्नी क्याथरिनले उछिने पनि क्यामरुन संसारभर फिल्म विधाका नयाँ प्रवक्ताका रूपमा उदाए । बक्सअफिसका सबै कीर्तिमान भंग गर्ने 'अवतार' प्रविधिमात्र होइन, विषयको मानवीयकरणका लागि पनि प्रशंसित भयो । हलिउडले बनाउने फिल्मको परम्पराविपरीत यो फिल्मले अमेरिकी प्रभुत्वको खिल्ली उडायो ।
६. लुला दा सिल्भा
सामान्य मजदुरका रूपमा 'करियर' सुरु गरेका लुइस इनासियो लुला दा सिल्भाले गत वर्ष ब्राजिलको राष्ट्रपतिको दुई कार्यकाल सकेर रिटायर्ड हुँदा नयाँ परिचय बनाए । तीनपटक राष्ट्रपति चुनाव हारेका र समाजवादी भनेर पश्चिमी संसारले संशयका दृष्टिले हेरेका लुलाले ब्राजिललाई भविष्यको महाशक्तिको दौडमा सामेल गराइदिए । विकासको नयाँ सामाजिक 'इन्जिनियरिङ'को मोडल ल्याएर उनले ब्राजिलको आर्थिक विकासमा ठूलो फड्को मारिदिए । आप\mनो उत्तराधिकारीका रूपमा उनले महिलालाई राष्ट्रपतिको पद सुम्पिए । चीन, जापान र भारतसँगै अहिले ब्राजिको अर्थतन्त्र सबभन्दा ठूलो अर्थतन्त्रमा आइपुगेको छ । 'फुटबल प\mयाक्ट्री'को पहिचान भएको ब्राजिललाई उनले विकासको पनि नमुना बनाइदिए ।
७. बाराक ओबामा
अमेरिकी राष्ट्रपति बाराक ओबामाको लोकपि्रयता कति छ भने उनका नाममा बलिउडले समेत फिल्म बनायो, 'फँस गए रे ओबामा' । आप\mनै देशमा पनि उनको हालत खस्किइरहेको समाचार आएका छन् । उनी साँच्चिकै फँसेका हुन् कि भन्न पनि थालिएको छ । स्थानीय चुनावमा उनको पार्टीले पराजय बेहोर्‍यो भने आर्थिक मन्दी र बेरोजगारीको समस्याले पनि उनलाई घेरा हाले । कामै सुरु नगरी नोवल पुरस्कार दिएको भनेर उनले पाएको पुरस्कारको आलोचना पनि भएको थियो । समाजवादप्रति झुकाव राख्ने राष्ट्रपतिको छविमा बिस्तारै अमेरिकी साम्राज्य सञ्चालकको परिचयले तुषारो पार्न थालेको छ । कहिले घुमेर र त कहिले बोलेर संसारकै 'बिग ब्रदर'का रूपमा उनले संसारलाई प्रभावित भने पारिरहे ।
८. मार्क जुकर्बर्ग
इन्टरनेटको लोकपि्रय सामाजिक सञ्जाल फेसबुकका संस्थापक एवं सञ्चालक मार्क जुकर्बर्गलाई यो वर्ष प्रसिद्ध म्यागजिक टाइमले वर्ष व्यक्ति घोषणा गर्‍यो । २६ वषर्ीय जुकर्बर्ग यो सम्मान पाउने दोस्रो कान्छो व्यक्तिसमेत बने । केही वर्षअघि हार्वर्ड विश्वविद्यालयमा पढ्दा उनको टिमले सुरु गरेको यो सञ्जालमा अहिले संसारका ५ सय मिलियन मानिस जोडिएका छन् । इन्टरनेटका माध्यमले मानिसको जीवन जोडेबापत उनी अर्बपति पनि भइसकेका छन् । मार्क र उनको टोलीको जीवन कथामा बनेको फिल्म 'द सोसल नेटवर्क' यो वर्ष ओस्कर अवार्डको दौडमा अगाडि छ ।
९. मारियो भर्गास लोसा
सामान्यतया यस्तो सूचीमा लेखक पर्दैनन् । तर, पेरुका मारियो भर्गास लोसाको कथा अलि बेग्लै छ । यो वर्ष साहित्यमा उनले नोवल पुरस्कार पाएपछि प्रसिद्ध लेखक मार्खेजले भने, 'सत्र वर्षपछि लोसा बल्ल मेरो बराबारीमा आइपुगे ।' ल्याटिन अमेरिकाका यी दुई विख्यात लेखकको सम्बन्धले पनि संसारभर चर्चा पायो । मार्खेजको आँखामुन्तिरको दाग लोसाको मुक्काको कमाल थियो भन्ने खबर उनले नोवल पाएजसरी नै चासोको विषय बन्यो । ल्याटिनी संस्कृति र इतिहासलाई मिसाएर बेग्लै शैलीमा लेख्ने उनले पाएको नोबलले साना देश र थोरै मान्छेले बोल्ने भाषाका लेखकलाई ऊर्जा दिएको छ ।
१०. मोहम्मद अहमदिनेजाद
सूचीको अन्तिम नम्बरका अहमदिनेजादचाहिँ अर्कै किसिमका मानिस हुन् । अनपेक्षितरूपमा परीक्षामा फेल भएको किशोरजसरी उत्तेजनामा बोल्ने यी इरानी राष्ट्रपति अहिलेको विश्वका सबभन्दा आक्रामक प्राणी मानिन्छन् । हरेक भाषणमा अमेरिकालाई थर्काउने अहमदिनेजाद अमेरिकासँगको दुश्मनी र आणविक कार्यक्रमका कारण अंग्रेजी प्रेसमा हरेक दिनजसो आलोचित हुन्छन् । सकारात्मकभन्दा बढी नकारात्मक कारणले चर्चामा आएका अहमदिनेजाद वर्षको अन्त्यमा एक फिल्ममेकरलाई जेल हालेर फेरि समाचारमा आए । विश्वप्रसिद्ध इरानी फिल्म निर्देशक जफर पनाहीलाई उनको सरकारले विपक्षी पार्टीप्रति सहानुभूति दर्साएको अभियोगमा ६ वर्ष जेल र २० वर्ष फिल्म बनाउन प्रतिबन्ध लगायो । यसैले अहिले उनको नाम हलिउड र युरोपका ठूला फिल्ममेकरलाई पनि कण्ठ भएको छ ।

प्रकाशित : पुस १७, २०६७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?