कोशीमा सत्ता किचलो : होला त नयाँ सरकार गठन ?
सत्ता साझेदार दलहरु एमाले र माओवादीले केदार कार्की नेतृत्वको सरकारबाट गत चैत २६ गते समर्थन फिर्ता लिए । सत्ता सहकार्यबाट हात झिकेको मंगलबार एक महिना नाघ्यो ।
सत्ता साझेदार दलहरु एमाले र माओवादीले केदार कार्की नेतृत्वको सरकारबाट गत चैत २६ गते समर्थन फिर्ता लिए । सत्ता सहकार्यबाट हात झिकेको मंगलबार एक महिना नाघ्यो ।
प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुनकोशी-मरिण डाइभर्सन सुरुङ बुधबार छिचोलिएको (ब्रेक थ्रु गरिएको) छ । सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइर्भसन सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दुरी खनेसँगै सुरुङ छिचोलिएको हो ।
सरकारले सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै अपांगता भएका व्यक्तिहरूले मंगलबार काठमाडौंमा दबाबपूर्ण र्याली निकालेका छन् । शान्ति वाटिकामा भेला भएका ६० जना ह्विलचियर प्रयोगकर्तासहित अपांगता भएकाहरूले भद्रकाली हुँदै माइतीघर मण्डलासम्म प्रदर्शन गरेका हुन् ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हल्लाका आधारमा पार्टी फुटाइएको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधान एवं स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भ्रममा पारिएको बताएका हुन् ।
आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर देशैभरि मातातिर्थ औंसी मनाइँदै छ । बिहानै उठी नुहाइधुवाइ गरी आफ्नी आमालाई उपहार दिइ तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ ।
गएराति गोठमा चट्याङ पर्दा सल्यानमा आठ चौपाया मरेका छन् । राति करिब १० बजे बन्गाड कुपिण्डे नगरपालिका-५ मैनेनीका लालबीर पुनको गोठमा चट्याङ पर्दा बाँधेर राखेका आठ पशु चौपाया मरेका हुन् ।