२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भारतीय लोकसभा निर्वाचन : तेस्रो चरणअन्तर्गत ९२ सिटमा मतदान हुँदै

काठमाडौँ — भारतमा लोकसभाको तेस्रो चरणको निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । तेस्रो चरणअन्तर्गत विपिन्न ११ राज्य र केन्द्र शासित प्रदेशका ९२ सिटमा चुनाव भइरहेको छ ।

भारतीय लोकसभा निर्वाचन : तेस्रो चरणअन्तर्गत ९२ सिटमा मतदान हुँदै

तेस्रो चरणअन्तर्गत १२ राज्यका ९४ सिटमा मतदान हुने तय भएको थियो । तर गुजरातको सूरत लोकसभा क्षेत्रमा भाजपा उम्मेदवार निर्विरोध भएका छन् भने जम्मू-कश्मीरको अनन्तनाग-राजौरी सिटमा कनेक्टिभिटीको समस्याले २५ मेमा चुनाव हुने भएको छ ।

मंगलबार असमको ४, छत्तीसगढको ७, गुजरातको २५, कर्नाटकको १४, महाराष्ट्रको ११, उत्तर प्रदेशको १०, मध्य प्रदेशको ९, बिहारको ५, पश्चिम बंगालको ४, गोवाको २ सिटमा मतदान भइरहेको छ । त्यस्तै दादर-नगर हवेली र दमन द्वीपको २ सिटमा पनि आजै मतदान भइरहेको छ । तेस्रो चरणअन्तर्गत केही हाईप्रोफाइल उम्मेदवारका क्षेत्रमा समेत मतदान भइरहेको छ ।

भारतका वर्तमान गृहमन्त्री अमित शाह, स्वास्थ्यमन्त्री मनसुख मण्डाविया, पुरुषोत्तम रुपालासमेत केही मन्त्रीहरूका क्षेत्रमा समेत तेस्रो चरणमा मतदान भइरहेको छ ।

त्यस्तै दिग्विजय सिंह, सुप्रिया सुले, डिम्पल यादवलगायतका विपक्षी नेताका सिटमा समेत आज मतदान भइरहेको छ । भारतमा चौथो चरणको मतदान १३ मेमा हुनेछ । त्यस्तै २० मेमा पाँचौँ, २५ मेमा छैटौँ र १ जुनमा सातौँ चरणको मतदान हुनेछ । चुनावको नतिजा भने ४ जुनमा आउनेछ ।

प्रकाशित : वैशाख २५, २०८१ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?