२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

गुलमोहरले सजियो घोराही

दुर्गालाल केसी

दाङ — दाङको घोराही उपमहानगरपालिका–१५ का सडक किनार यतिबेला गुलमोहर फूले सजिएका छन् । गुलमोहरका राता फूलहरूले जोकोहीलाई पनि लोभ्याउँछन् । फोटो खिच्नेहरूको भीड लागिरहन्छ ।

फूलसँग बिहान सबेरैदेखि बेलुका अबेरसम्म फोटो खिच्नेहरूको घुइँचो लाग्छ । चैत–वैशाखमा ढकमक्क फुल्ने गुलमोहरले सडक र सहरको सुन्दरता थप्छ ।

प्रकाशित : वैशाख २६, २०८१ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्