२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

गुगल सर्च इन्जिनको विकल्पमा ओपेनएआईले बनाउँदै च्याटजीपीटी सर्च इन्जिन

काठमाडौँ — डेढ वर्षअघि च्याटजीपीटी सार्वजनिक गरेर चर्चामा आएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी काम गर्ने संस्था ओपेनएआईले अब गुगल सर्च इन्जिनको विकल्पका रूपमा च्याटजीपीटी सर्च इन्जिन विकास गरिरहेको छ । पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा ओपेनएआईले आगामी दिनमा सार्वजिक गर्ने सर्च इन्जिनबारे अनेक सामाग्री प्रकाशन भइरहेका छन्।

गुगल सर्च इन्जिनको विकल्पमा ओपेनएआईले बनाउँदै च्याटजीपीटी सर्च इन्जिन

सो फिचरमा प्रयोगकर्ताले च्याटजीपीटीलाई सोधेका प्रश्नको जवाफमा विभिन्न वेबसाइटहरूको लिंकसहित विवरणहरू आउनेछन् । आवश्यक परेको खण्डमा तस्बीरसहितको जवाफ दिने गरी सर्च इन्जिन विकासको काम भइरहेको बताइएको छ । प्रयोगकर्ताले ढोकाको बिँड कसरी फेर्ने भनेर प्रश्न सोधेमा च्याटजीपीटी सर्च इन्जिनले चित्रसहित प्रतिक्रिया दिने यसमा आबद्ध एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा द बिजनेस टाइम्सलाई बताएका छन् ।

च्याटजीपीटीले जीपीटी-४ प्रविधिमा बनेको माइक्रोसफ्टको कोपाइलट शैलीमा सर्च इन्जिन विकास गर्न लागेको प्रारम्भिक बुझाइ छ । हाल सर्च इन्जिनहरूमध्ये गुगल सबैभन्दा ठूलो प्लाटफर्मका रूपमा रहेको छ । यसले ९० प्रतिशत बजार हिस्सा ओगटेको बताइन्छ । एक अर्ब अमेरिकी लगर मूल्यांकन भएको कम्पनी परप्लेक्सिटिले पनि पछिल्लो समय चर्चा बटुलिरहेको छ । माइक्रोसफ्टले अल्फाबेटको गुगल र ओपेनएआईसँग प्रतिस्पर्धा बढाउन नयाँ एआई ल्यांग्वेज मोडल विकास गरिरहेको छ ।

यता, गुगल आफैंले पनि सर्च इन्जिनलाई थप शक्तीशाली बनाउन एआई प्रविधिमा विभिन्न अभ्यास थालेको छ । जेमिनाइ एआई मोडलको थप परिष्कृत भर्सन सार्वजनिक गर्ने योजना बनाइरहेको छ । यो सबैमाझ ओपेनएआईको सर्च इन्जिनलाई लिएर सामाजिक सञ्चालमा चर्चा बढेको छ । कतिपयले ‘सर्च डट च्याटजीपीटी डट कम’ ब्राउज गर्दा च्याटजीपीट डट कममा रिराउट भएपछि ओपेनएआईको सर्च इन्जिनबारे सवत्र चासो बढेको थियो । हाल त्यो डोमेन नेम राख्दा ‘नट फाउन्ड’ म्यासेजन देखिन्छ ।

प्रकाशित : वैशाख २६, २०८१ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?