Kantipur-qatar

Kantipur

मिति | बुधवार, २०७० असार ५     Login | Register | Issue No. 226
खाडी»

अबुधाबीमा 'नेपालबाको आँगनीमा'

युएई, पुस १९ -
स्याङ्जा सेवा समाज अबुधाबी क्षेत्रीय समितिले नयाँ वर्षको पूर्वसन्ध्यामा अबुधाबीमा शुभकामना सांस्कृतिक कार्यक्रम सम्पन गरेको छ ।

लोकगायक खुमन अधिकारी तथा लोकगायिका जमुना रानाका साथमा युएईमा स्थापित कलाकारको मनोरञ्जनात्मक प्रस्तुति रहेको कार्यक्रम जिल्लाको पहिचानझैँ लोकमय भएको थियो । युएईस्थित नेपाली दूतावासका उपनियोग  प्रमुख दीपक अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । अबुधाबीको केरला सोसाइटी सेन्टरको हलमा सम्पन्न कार्यक्रममा चोली छोटो भयो मैले के गर्ने... गीतमा महिलाको पहिरनमा स्टेजमा निस्किएका पुरुष  कलाकार दीपक गुरुङले स्वागत गीतमै दर्शकलाई नाच्न बाध्य बनाए ।

गुरुङले तातेको कार्यक्रममा हलमा युएईका स्थापित लोकगायक गोपीकृष्ण पगेनीले आमा तिम्रो दूधको ऋण तिर्न सकिन भन्दै स्टेजमा निस्कँदा सांगीतिक माहोलमा तातेको हाल एकाएक शून्यता छाएको थियो । युएईका दर्शकलाई  नचाउन सिपालु गायक पगेनीले लगत्तै लोक भाकाका  गीत नेपालबाको आँगनमा नारायण्ा पूजा लागको छ.....र सालैजु सालैजु .... भन्दै गीत गएर दर्शकलाई मजाले उपारे । स्टेजमा लगतै नबिर्संे तिमीलाई नपाए तिमीलाई...  आधुनिक गीतमा मजाले दर्शकको ताली पाइन् नृत्यकार दुर्गा लिम्बुले ।

गायक छविकिरण भट्टराईले नारायण्ागोपालको गीत गाउँदै स्टेजमा आफ्नो एल्बम बहुमूल्यमा रहेको लोकगीत जम्काभेट भयो हाम्रो मिर्मी बजारमा... तथा आधुनिक गीत कहाँ गयौ तिमी लगेनौ किन मलाई... गायकले  आफ्नो  प्रस्तुति पस्किएर दर्शकको राम्रो  हुटिङ पाएका थिए । गायक भट्टराई दुबईको एक होटलमा पार्ब गायकको रूपमा काम गर्छन् । लोकमय बनेको हल त्यतिबेला चकमन्नता भयो जतिबेला कलाकार शिवराज कँंडेल उसले जति माया  तिमीलाई मैले पनि दिन्थें होला... भन्दै वियोगान्त गीतमा क्यान्डीको आगो धारिलो छुरी अनि चुरा पोतेको साथमा निकै कलात्मक नृत्य गरे । उनको नृत्यलाई दर्शकहरूले  एक रियालिटी नृत्यको उपमा दिएका थिए ।

कँडेलले भावुक बनाएका दर्शकलाई हौसँदै पूर्व पश्चिम हेरे मेरै माया राम्री भन्दै... स्टेजमा आएका लोकदोहरी गायक नारायण न्यौपानेले दर्शकलाई गीतमै घरमा पराल बनमा बन्सो के छ नि सन्चो बिसन्चो... भन्न पनि भ्याए  न्यौ पाने नेपाली लोकदोहोरी होटल याक एन्ड यती दुबईका व्यावसायिक गायक हुन् । पुनः दुर्गा लिम्बु आइटम डान्स चौबन्दी चोली अनि रातो झाँगर... गीतमा आइटम डान्समा कम्मर मर्काउँदै नृत्य गरेकी थिइन् । स्थानीय कलाकार  सीमा लामिछानेले सुपारी चाम्रो छ मायाको हेराइ राम्रो... गायकी,  दीपक गुरुङ र रिजन थापाको युगल लोकनृत्य  सालैजु सालैजु... ले पनि दर्शकलाई मजाले मनोरञ्जन दिएको कार्यक्रममा स्थानीय कलाकारको बेजोड प्रस्तुति से लाउन नपाउँदै स्याङ्जाकै  लोकगायक खुमन अधिकारी दर्शकलाई नाच्न हौस्याएका थिए ।

खोमनाले गीत गाउँदा दर्शकसँगै कम्मन मर्काउँदै लोकगायिका जमुना राना नाचिरहेकी थिइन् । दर्शक उकास्न खप्पिस गायिका रानाले राम्रा सोल्टी युएईमा भएर आफ्नो विवाह नभएको बताएपछि युवाहरू मजाले हौसिए । त्यसमा  जमुनाले  सबैजनाले  यही कुरा गरे तिम्रो मेरो जोडी  खुब राम्रो छरे भन्दै दर्शकको भीडमा इंगित गर्दै आफ्नो प्रस्तुति थालनी गर्दा तन्नेरी दर्शक रुमाल निकाल्दै हात हल्लाउन थालिहाले । जमुनाले भकारीमा धान छ मलाई कसले  लान्छ तिमीलाई के चासो... पीरमा छौ कि किन रुन्छौ... पालमा पनि गुम्बा हजुर गुल्मीमा पनि गुम्मा तानेपछि झ्याप्पै लाग्ने हजुर काठमाण्डूको तुम्बा... जीवनसाथी आफैंले छान्ने हो आफैंले मन पराएको साथीलाई वरमाला...  लगायतका आधा दर्जन गीत

पस्केकी थिइन् ।

—त्रिलोचन कोइराला

प्रकाशित मिति: २०७० असार ५ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

...कम्तिमा मंसिरसम्मलाई भए’नि मेरा मतदाता नबगुन् ! दया होस्, पर्भु !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication