२४ घण्टाभित्र भ्रामक अडियो हटाउन 'सिधाकुरा' लाई प्रेस काउन्सिलको निर्देशन
प्रेस काउन्सिल नेपालले एक्सक्लुसिभ भन्दै 'सिधाकुरा डटकम'ले शुक्रबार बिहान सम्प्रेषण गरेको भ्रामक सामग्रीको अडियो २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ ।
प्रेस काउन्सिल नेपालले एक्सक्लुसिभ भन्दै 'सिधाकुरा डटकम'ले शुक्रबार बिहान सम्प्रेषण गरेको भ्रामक सामग्रीको अडियो २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले 'सिधाकुरा डट कम' बाट भ्रामक सामग्री सम्प्रेषण भएको भन्दै भर्त्सना गरेका छन् । उनले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ता तथ्यहीन सामग्रीमा आफ्ना नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध भएको उल्लेख गरेका छन् ।
सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन धरौटीमा रिहा भएका छन् ।
सिरहाको लहानमा एक महिलाले आफ्ना पाँच वर्षीय छोराको हत्या गरेकी छन् । सखुवा ननकारकटी गाउँपालिका-५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरताकुमारी साहले आफ्नो पाँच वर्षिय छोरा आयुष साहको हत्या गरेको सिरहा प्रहरीले जनाएको छ ।
माओवादीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित खड्ग बस्नेत अन्ततः मन्त्री बन्न सफल भएका छन् । नवलपरासीको सुनवल नगरपालिका–४ का ३७ वर्षीय बस्नेतलाई गत बिहीबार विनाविभागीय मन्त्री बनाइएकामा बुधबार देउखुरीमा बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकेको हो ।
नेपाल बाल संगठनले बृहस्पति विद्या सदनलाई ९० वर्षका लागि यसअघि भएको लिज सम्झौता खारेज गरेको छ ।
सहारा बहुउद्धेश्यीय सहकारी संस्थाका बचतकर्ताले फरार सञ्चालक जीबी राईलाई पक्राउ नगर्न सरकारले तदारुकता नदेखाएको बताएका छन् । शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ज्ञापनपत्र बुझाउँदै सहाराका बचतकर्ताले राई पक्राउ नपर्नुमा प्रश्न उठाएका हुन् ।
कतारको अल जावर पार्टनर्स कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब पाएका छैनन् । तलब र काम गर्न सामग्री नआएपछि १४ अप्रिलबाट काम रोकिएको छ ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ का जंगबहादुर तामाङ (राम)लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ ।
नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि भूराजनीतिक प्रभाव र प्रसारण सञ्जालको विस्तारमा विषेश जोड दिनुपर्ने विज्ञहरुले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको चौँथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो-२०२४ अर्न्तगत शुक्रबार भएको ‘ऊर्जा गतिशीलता र क्षेत्रीय व्यापार’ विषयक प्राविधिक सत्रका वक्ताहरूले यस्तो बताएका हुन् ।