‘फेक न्युज’ फैलाउनेविरुद्ध फौजदारी मुद्दा
अदालतको जनआस्थामाथि प्रहार गर्ने दुराशयले जानाजान ‘फेक न्युज’ उत्पादन तथा प्रसारण गरिएको भन्दै स्वतः संज्ञान (सो–मोटो) लिएको सर्वोच्च अदालतले गरेको यो कार्यमा संलग्नहरूविरुद्ध फौजदारी मुद्दा चलाउन आदेश दिएको छ । उक्त सामग्री प्रथम दृष्टिमै समग्र न्याय प्रणालीप्रति भ्रम र अनास्था पैदा हुने गरी अदालतको कार्यमा अवरोध गर्ने (स्क्यान्डलाइजिङ दि कोर्ट) उद्देश्यले दुराशयपूर्ण र नियोजित तरिकाले उत्पादन तथा प्रसारण गरेको देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।