१७ अर्बको पेट्रोलियम पाइपलाइन परियोजना अनुदानमै !
१७ अर्ब बराबरका दुई वटा पाइपलाइन र एउटा टर्मिनल अनुदान सहयोगमा बनाइदिन भारतीय आयल कर्पोरेसन (आईओसी) सकरात्मक भएको छ । गत मंगलबार आईओसी र नेपाल आयल निगमका उच्च अधिकारीबीच आईओसीको केन्द्रीय कार्यालय मुम्बईमा भएको छलफलमा यस्तो सहमति भएको हो ।