प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि अवरोध, जेठ १ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । बैठकमा नेपाली कांग्रेस सांसदहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसहित उठेर नाराबाजी गर्दै अवरुद्ध पारेका हुन् । बैठकमा कांग्रेसका सांसदहरुले सहकारीपीडितलाई न्याय दिन माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।