२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

एपीएफ भीमनारायण गोल्ड कपको फाइनलमा

धनकुटा — विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) सहिद भीमनारायण गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको १६ औं संस्करणअन्तर्गत बिहीबार भएको खेलमा एपीएफले राष्ट्रिय जागृति क्लब इटहरीलाई ट्राइब्रेकरमा २–३ गोलअन्तरले पराजति गर्दै जित निकालेको हो । 

एपीएफ भीमनारायण गोल्ड कपको फाइनलमा

एपीएफ र राष्ट्रिय जागृति क्लब इटहरीबीच भएको सेमीफाइनलमा एपीएफले बाजी मारेको हो । निर्धारित ९० मिनेटको निर्धारित अवधिमा दुवै टिम गोलरहित बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । यस क्रममा जागृति र एपीएफको पहिलो प्रहार दुवै टिमका गोलरक्षकले रोक्न सफल भए ।

जागृतिका उमेश राई र कुलदिप कार्कीले मात्र गोल गर्न सफल भए । उक्त टिमका सुमित चौधरी, प्रवेश दनुवार र मिलन राई गोल गर्नबाट चुके । उनीहरुको प्रहार विपक्षी एपीएफका गोल रक्षक एन्जल श्रेष्ठले रोकेर आफ्नो टिमलाई जीत दिलाउन सफल भए ।

यस्तै, एपीएफका तर्फबाट सविन गुरुङ, सुमन श्रेष्ठ र युवराज खड्काले गोल गर्न सफल भए । तर, रिपेश धिमाल र विश्वास उदासको प्रहार विपक्षी टिमका गोलरक्षक विनय श्रेष्ठले सहजरुपमा रोकका थिए ।

पहिलो हाफमा दुवै टिमले सन्तुलित खेले । दुवै टिमले गोल गर्ने केही राम्रो मौका गुमाएका थिए । तर, दोस्रो हाफको अधिकांश समय एपीएफले जागृतिलाई दबावमा राख्यो । उसले गोल गर्ने आधा दर्जन राम्रा मौका गुमायो ।

सेमीफाइनलको प्लेयर अफ द म्याच एपीएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भए । उनी पाँच हजार पाँच रुपैयाँबाट पुरस्कृत भए ।

दोश्रो सेमीफाइनलमा शुक्रबार आयोजक धनकुटा र बिर्ता युनाइटेड क्लब झापाबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप र प्रमाणपत्र हात पार्नेछन्।

प्रकाशित : वैशाख २७, २०८१ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?