पेरिस — बायर लेभरकुजनले ४९ खेलको कीर्तिमान अपराजित यात्रा कायम राख्दै बिहीबार युरोपा लिगको फाइनल यात्रा तय गरेको छ । उसले एएस रोमालाई सेमिफाइनल दोस्रो लेगमा २–२ को बराबरीमा रोक्यो र समग्रमा ४–२ को अग्रता लियो ।
अब फाइनलमा उसले एटलान्टाको सामना गर्नेछ ।
एटलान्टाले अर्को सेमिफाइनल दोस्रो लेगमा मार्सेलाई ३–० ले हरायो । त्यससँगै एटलान्टा समग्रमा ४–१ ले अगाडि रह्यो । फाइनल मे २२ मा डबलिनमा हुनेछ ।