२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने पक्राउ

काठमाडौँ — नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको  आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने पक्राउ

वैदेशिक रोजगारीमा रहँदा आफ्नो श्रीमान्सँग सामाजिक सञ्जालमा कुराकानी गर्ने क्रममा आदानप्रदान भएका गोप्य अङ्ग देखिने तस्बिर-भिडियो पीडितका साथीलाई पठाउने मकवानपुरका २४ वर्षीय फुर्साङ रुम्बालाई पक्राउ गरी प्रहरीको साइबर ब्यूरोले शुक्रबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले फेक एकाउण्ट बनाएर गोप्य अङ्ग देखिने तस्बिर/भिडियो पीडितका साथीहरुलाई पठाएको अभियोगमा रुम्बालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका रुम्बामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अवस्थीले बताए ।

प्रकाशित : वैशाख २८, २०८१ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?