इलाममा ६०, बझाङमा ४९ प्रतिशत मतदान
इलाम–२ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । उक्त क्षेत्रमा कुल १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार २ सय ८७ जना मतदानमा सहभागी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । प्रदेशसभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपनिर्वाचनमा भने ४९.१२ प्रतिशत मतदान भएको छ ।