कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४०

स्मार्ट भिलेज गोल्ड कप : भुइँखेल र फ्रेन्डसिप फाइनलमा

लमजुङ — घलेगाउँमा आयोजित सातौं स्मार्ट भिलेज गोल्डकप फुटबल प्रतियोगितामा भुइँखेल युवा क्लब स्वयम्भू काठमाडौं र फ्रेन्डसिप युवा क्लव तनहुँ फाइनल पुगेका छन् ।

स्मार्ट भिलेज गोल्ड कप : भुइँखेल र फ्रेन्डसिप फाइनलमा

स्वर्गभूमि रंगशालामा बुधबार डिफेन्डिङ च्याम्पियन बेंसीसहर युथ सोसाइटीलाई ३–१ गोलले हराउँदै भुइँखेलले उपाधिको दाबी प्रस्तुत गरेको छ । फ्रेन्डसिपले लालीगुराँस युवा क्लब भुजुङलाई १–० ले हराएको थियो ।

गत पुसमा प्रतिष्ठित ८ लाख पुरस्कार राशिको त्रिवेणी कप उचालेको भुजुङ घलेगाउँमा भने सेमिफाइनलमै पराजित भयो ।

खेलको दोस्रो मिनेटमा भुइँखेलका सुनिल गोलेले गोलको गरेर टोलीलाई अग्रता दिलाए । ५ मिनेटमै विदेशी खेलाडी विलियम रिचर्डले गोल थप्दा भुइँखेलको अग्रता फराकिलो बन्यो ।

खेलको ७४ औं मिनेटमा भुइँखेलका खेलाडीले बक्सभित्र ह्यान्ड गर्दा बेंसीसहर युथले पेनाल्टीको अवसर पायो । पेनाल्टीमा जय गुरुङले गोल गरेका थिए । त्यसपछि भुइँखेलका सुनिल गोलेले अन्तिम समय अर्थात ७९ औं मिनेटमा गोल थप्दै टोलीलाई ३–१ ले जिताए । भुइँखेलका गोलकिप्पर सन्तोष महत प्लेयर अफ द म्याच घोषित भए ।

अर्को खेलमा लालीगुराँस भुजुङविरुद्ध फ्रेन्डसिपका बिक्की चाम्लिङ राईले पहिलो हाफको २९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनी प्लेयर अफ द म्याच घोषित भए ।

फाइनल खेल बिहीबार हुनेछ । उपाधिसहित विजेता टिमले ५ लाख ५० हजार ५५५ रुपैयाँ पुरस्कार जित्नेछ । उपविजेताले ३ लाख ५० हजार ३ ५५ रुपैयाँ पाउनेछ । सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ पाउने आयोजक पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँका संयोजक गंगाबहादुर घलेले बताए ।

प्रकाशित : वैशाख ५, २०८१ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?