कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

अलपत्र सहकारी ब्युँताएर सेयर सदस्यले थाले कारोबार

प्रकाश बराल

बागलुङ — बचतकर्ताको २९ करोड रुपैयाँ हिनामिना गरेर अध्यक्ष फरार रहेको पर्वतको कुश्मास्थित 'तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था'का पीडितले विशेष साधारणसभामार्फत सहकारी पुनःस्थापना गरेर नयाँ ढंगले कारोबार सुरु गरेका छन् । 

अलपत्र सहकारी ब्युँताएर सेयर सदस्यले थाले कारोबार

गत चैत ६ को विशेष साधारणसभापछि सोमबारबाट नयाँ सञ्चालक समितिले कार्यालय स्थापना गरेर कारोबारसमेत थालेको हो । संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठ रकम हिनामिना गरेर फारर छन् । रकम हिनामिनापछि अलपत्र परेका बचतकर्ताले ऋण उठाउने, हालसम्मका सम्पत्ति र दायित्व वहन गर्नेलगायतको काम थालेको सहकारीका सञ्चालक कृष्णप्रसाद पौडेलले बताए ।

विशेष साधारणसभाले नवीनप्रसाद पौडेलको अध्यक्षता नयाँ सञ्चालक समिति गठन गरेको छ । समितिका अनुसार सहकारीको स्रेस्तामा ऋण उठाउनुपर्ने १८ करोड देखिएको छ । श्रेष्ठकै परिवारमा पनि ३ करोड रुपैयाँभन्दा बढी ऋण छ । बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाले पनि यो प्रक्रिया थालेको थियो ।

सहकारीको जायजेथा तथा सम्पत्ति संरक्षण गर्ने र ऋण उठाउने उद्देश्यले विशेष साधारणसभा गर्नुपरेको पौडेलको भनाइ छ । अध्यक्ष श्रेष्ठ बेपत्तापछि बरामद भएका कागजात सेयर सदस्यले जिल्ला अदालतबाट फोटोकपी ल्याएका हुन् । सोहीअनुसार सोमबार कार्यालय स्थापना गरेर सेयर सदस्य र बचतकर्ताले कारोबार थालेको पौडेलको भनाइ छ ।

अध्यक्षले आफ्ना परिवारका सदस्यलाई समितिमा राखेको, बिनाप्रमाण ऋण प्रवाह गरेको तथा सफ्टवेयरसमेत नष्ट गरेर बचतकर्तालाई अलपत्र पारेका थिए । उक्त घटनापछि पीडित पक्षहरूले दिएको उजुरीका आधारमा गत पुसमा सहकारी रजिस्ट्रारको कार्यालय पोखराले सहकारीका कागजात बरामद गरेर अध्ययन गरेको थियो ।

प्रकाशित : वैशाख १८, २०८१ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?