कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखलाई पत्र : 'सरकार परिवर्तन गर्ने असंवैधानिक काम नहोस्'

काठमाडौँ — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाले पारित गरेको संकल्प प्रस्तावको आधारमा  सरकार परिवर्तन नहुने भन्दै गैरसंवैधानिक काम नगर्न प्रदेश प्रमुखलाई पत्र पठाएका छन् ।

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखलाई पत्र : 'सरकार परिवर्तन गर्ने असंवैधानिक काम नहोस्'

प्रदेश प्रमुख परशुराम खापुङलाई मंगलबार जानकारी पत्र पठाउँदै मुख्यमन्त्री कार्कीले मुलुकको केन्द्रीय सत्ता समीकरणमा भएको परिवर्तनको प्रभावको कारणबाट सङ्कल्प प्रस्तावको नाममा गैह्र संवैधानिक रूपबाट सत्ता परिवर्तनको प्रयत्न गरेको उल्लेख गरेका छन् । 'सोही क्रममा माननीय प्रदेश प्रमुख समक्ष मिति २०८० /१२/२६ गतेका दिन अधिवेशन आह्वान लगायतका निवेदनहरू दर्ता गराई कोशी प्रदेशमा नेपालको संविधान तथा कोशी प्रदेश नियमावली २०७४ को नियम ४८ को (क), (ख), (ग) र ( घ) विपरीत गैह्र संवैधानिक प्रस्ताव पारित भएको भनी असंवैधानिक कार्य भएको देखिन्छ' प्रदेश प्रमुखको पत्रमा छ ।

कार्कीले असैवंधानिक काम भइरहेको भन्दै ५ वटा बुँदागत रुपमा स्मरण गराएका छन् ।

नेपालको संविधानको धारा १६८(५) को विकल्पमा १६८(२) वा १६८ (३) को सरकार बन्न नसक्ने उनको तर्क छ । नेपालको संविधान को धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांशलाई प्रदेश सभाको सङ्कल्प प्रस्तावले निस्तेज बनाउन नसक्ने मुख्यमन्त्रीको पद संवैधानिक तवरबाट रिक्त नभएसम्म अर्को मुख्यमन्त्रीको चयन हुन नसक्ने उल्लेख गरेका छन् । त्यस्तै प्रदेशसभाबाट सूचना सम्प्रेषण गर्ने भनी प्रदेश प्रमुख समक्ष निर्देशन गर्न पनि नमिल्ने कार्कीको भनाई छ ।

प्रदेश प्रमुख समक्ष ५२ प्रदेशसभा सदस्यको आवेदनबाट प्रदेश सरकार बनाउनु पर्ने होइन तथा संवैधानिक रूपमा प्रदेश सरकारको रिक्तता नभएसम्म सरकार निर्माण प्रक्रिया प्रारम्भ गर्न मिल्दैन भन्ने पनि उनको तर्क छ ।

मुख्यमन्त्री कार्कीले संविधानको प्रदेश प्रमुख संस्थाको रूपमा स्थापित संवैधानिक पदको मर्यादा कायम गर्न पनि प्रदेश प्रमुखलाई अनुरोध गरेका छन् ।

प्रकाशित : वैशाख १८, २०८१ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?