कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढ्यो 

काठमाडौँ — स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा  १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला  १ लाख २७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढ्यो 

बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख २६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला १ हजार ४ सय ९० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ५ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित : चैत्र १५, २०८० १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?