कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सारंगी संरक्षण गर्न नयाँ पुस्ताका गन्धर्वलाई तालिम

अर्घाखाँची — गन्धर्व जातिको पुख्यौली सारंगी बजाउने पेशालाई आधुनिकीरण र व्यवसायीकरण गर्न क्षमता विकास तालिम दिइएको छ । पर्यटन डिभिजन कार्यालय रुपन्देहीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ अर्घाका २५ जना गन्धर्वलाई १० दिने सारंगी बजाउने प्रशक्षिण दिएको हो । 

सारंगी संरक्षण गर्न नयाँ पुस्ताका गन्धर्वलाई तालिम

अर्घाका १५ जना पुरुष र १० जना महिलालाई लुम्बिनी प्रदेश सरकारको ग्रामीण पर्यटन विकासका लागि गन्धर्व जातिको पुख्यौली पेशा तथा संस्कृतिको आधुनिकीकरण क्षमता विकास प्रविधि हस्तान्तरण संरक्षण तथा पवर्द्धन कार्यक्रम गरिएको छ ।

पुख्यौली पेशा सारंगी बजाएर जीविकोपार्जन गर्दै आएका गन्धर्वको जातिको पछिल्लो नयाँ पुस्तामा हराउँदा जाँदा लोप हुने सम्भावना देखिएको छ । सारंगी बजाएर गीत गाउने पेशालाई संरक्षण गर्दै नयाँ पुस्ता र महिलालाई सारंगी बजाउन सिकाइएको हो ।

‘सारंगी बजाएर गित गाएको सुन्दा र हेर्दा बेग्लै आनन्द र रमाइलो छ,’ पर्यटन डिभिजन कार्यालय रुपन्देहीकी प्रमुख गीत आचार्यले भनिन्, ‘यो पेशा र संस्कृतिलाई आधुनिक तथा व्यवसायी बनाउन शुरु गरेका छौं । अहिले ठूलो शहर, होटल तथा डान्स बार, विभिन्न सांस्कृति तथा अन्य कार्यक्रममा सारंगीको माग विस्तारै बढ्दो छ ।’

महिला र नयाँ पुस्तालाई सारंगी बनाउन तथा बजाउन सिकाएपछि जीवन धान्न सहज बन्ने उनले बताइन । आगामी दिनमा संस्कृतीको जोगाउने र सारंगी सम्बन्धी नयाँ कार्यक्रम लिएर आउने आचार्यले बताइन ।

अर्घादरबार नजिकै २५ घरपरिवार बसोवास गर्छन् । अर्घादरबार जिल्लाको पर्यटकीय स्थल हो । यहाँ आएका आन्तरिक पर्यटकलाई उत्पादन गरेका सारंगी बिक्री गर्न सकिने र सारंगी बजाएर गीत गाएर मनोरञ्जन दिने सकिने आधार रहेको अर्घाभगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताए । उनले गन्धर्वले उत्पादन गरेका सारंगी महिनामा एकसय वटा आफुले खरिद गरिदिने बताए । उनले दरबारमा घुम्न आउने पर्यटकलाई बिक्री गर्न सकिने बताए ।

‘सारंगीलाई घरको कोठा र सरकारी कार्यालयमा सजाएर राख्न धेरैले खोज्छन्,’ उनले भने, ‘सारंगी बेचेर र गित गाएर गन्धर्वले जीवन धान्न सक्छन् ।’ उनले गन्वर्ध जातिको पुख्यौली पेशालाई संरक्षण गर्दै मन्दिरमा घुम्न आएका पर्यटकलाई सारंगी बिक्री गर्ने र पर्यटकलाई सारंगी बजाएर गीत गाएर आम्दानी लिन सकिने आधार यही अर्घाभगवती मन्दिर रहेको उनले बताए । अर्घा दरबार र मन्दिर ठूलो भवन ठूलो निर्माण भैरहेको छ ।

सामुदायिक जागरण विकास मञ्चको व्यवस्थापनमा भएको सारंगी बजाउने प्रशक्षिण तालिममा महिलाहरु उत्साहित भएका छन् ।

पर्यटन डिभिजन कार्यालयले प्रशिक्षणसँगै सांस्कृतिक प्रविधि समेत हस्तान्तरण गरेको छ । गन्धर्वका पुर्खाले सारंगी बजाएर घरघरमा गित गाउँदै हिडेर पिठ्युँमा अन्नको भारी कोखमा सारंगी बोकेर महिना गाउँ घुमेर अन्नपात बटुल्थे । त्यतिबेला पैसा दिने चलन थिए । गन्धर्वले एउटा घरमा सारंगी बजाएर गित गाए वापत अन्नपात, ध्यू पाउँथे । कुनैबेला गाउँमा सूचना र सञ्चारको पहुँच नहुँदा गन्धर्वले सारंगीमा बजाएर गितमा सुनाउने घट्नासँग नागरिकको चाख हुन्थ्यो ।

‘टोलमा गन्धर्व पुग्दा घटना सुन्न आउनेको तँछाडमछाड हुने र कारुणिक गितको सारंगी धुनमा गन्धर्वले प्रस्तुत गर्ने सारंगीमा घट्ना सुनाउँदै जाँदा कयौं मान्छे रुन्थे,’ ठाकुर गन्धर्वले भने, ‘हरेक घटना, गतिविधिको सुचना गित मार्फत सुनाउँथ्यौं । अहिले यो पेशा लोप हुन थालेको छ, सरकारले यसलाई संरक्ष्ण गर्दै पेशलाई व्यवसायीक र आधुनिकीकरण गर्न थालेकोमा सुखी लागेको छ ।

दस दिनसम्म ठाकुर र बेगमान गन्धर्वले नयाँ पुस्ताकालाई सारंगी बजाउन सिकाएका थिए । अर्घाकी भुमा गन्धर्वले तालिमले आफुलाई सुखी लागेको र सारंगी पेशाबाट नै जीवन धान्न सकिन्ने भन्ने आशाको भोक जागेको बताइन ।

प्रकाशित : वैशाख १५, २०८१ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?