कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

उपनिर्वाचनको उल्लास (तस्बिरहरु)

पर्वत पोर्तेल

इलाम — इलाम–२ को उपनिर्वाचनमा शनिवार बिहान ७ देखि मतदाता मतदानमा सहभागी बने । भौगोलिक विकटताका कारण मतदाताहरु घन्टौँ हिडेर मतदान गर्न केन्द्रसम्म पुगेका छन् । इलाम नगरपालिका बरवोटेकी अकबरी राई आधा घन्टा हिडेर मतदान केन्द्रमा पुगिन् ।

अनि आफूले मन पराएको उम्मेद्धारलाई मत दिइन् । बरवोटे केन्द्रमा मत दिएर फर्किदै गरेकी राईले भनिन्, ‘हामीलाई समस्या छ, बाटो घाटो राम्रो छैन, नेताले बनाउँलान् कि भनेर भोट दिएकी छु ।’ उपनिर्वाचनमा प्रशासनले ७९ मतदान स्थलमा १ सय ४९ मतदान केन्द्रहरु तोकेको छ । सवै केन्द्रहरुमा मतदाताको सहभागिता उल्लेख्य रुपमा बढिरहेको मुख्य निर्वाचन अधिकारी केशवप्रसाद घिमिरेले बताए । उनले फाकफोकथुम, माङसेवुङ, देउमाई लगायतका विकट मतदान स्थल र केन्द्रहरुमा पनि बिहानै देखि मतदाताहरुको उत्साहजनक उपस्थिति पाइएको बताए । विर्वाचनलाई लक्षित गरी सवै केन्द्रहरुमा १ हजार ३ सय ६३ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित : वैशाख १५, २०८१ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्