कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको फिल्डिङ

काठमाडौँ — वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो ट्वान्टी २० क्रिकेटमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ लाई ब्याटिङका लागि बोलाएका हुन् ।

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको फिल्डिङ

नेपाल अनुभवी तीब्र गतिका बलरद्वय सोमपाल कामी र करण केसी बिनै खेलिरहेको छ । नेपालका प्लेयिङ ११ मा उनीहरुलाई समावेश गरिएको छैन । युवा तीब्र बलर प्रतिश जिसी र कमलसिंह ऐरीलाई नेपालको प्लेइङ ११ मा राखिएको छ । १६ सदस्यीय नेपाली टोलीमा अघिल्लो दिनमात्र कमलसहित अर्का तीन खेलाडीलाई समावेश गरिएको थियो ।

अनुभवी ब्याटर एवंम विकेटकिपर आसिफ शेख र सन्दीप जोरा पनि प्लेयिङ ११ मा रहेका छैनन । पाँच खेलको शृंखलामा यो पहिलो खेल हो । दुवै टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी २० विश्वकपको तयारीका लागि यो शृंखला खेलिरहेका छन् ।

रोहितसहित नेपाली टोलीमा कुशल भुर्तेल, अनिल साह, गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, कमलसिंह ऐरी, प्रतिश जिसी, अविनाश बोहरा, ललित राजवंशी वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेलिरहेका छन् ।

रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ बाट एलिक एथान्जे, कदिम एलिन, केएसी कार्टी, जोहन्सन चार्ल्स, एन्ड्रयु फ्लेचर, म्याथ्यु फोर्ड, ओबेल म्याकोय, गुडाकेश मोटी, किमो पाउल, ओसाने थोमस प्लेयिङ ११ बाट खेलिरहेका छन् ।

प्रकाशित : वैशाख १५, २०८१ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?