कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

बझाङमा खस्यो ४३ प्रतिशत मत

बझाङ — बझाङ प्रदेश सभा निर्वाचन  (१ ) मा भइरहेको उपनिर्वाचनअन्तर्गत उत्साहपूर्वकरुपमा मतदान भइरहेको छ । 

बझाङमा खस्यो ४३ प्रतिशत मत

बिहान ७ बजेदेखि मतदान भइरहेकोमा अपरान्ह ३ बजेसम्म ४३ प्रतिशत मतदान भएको छ ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार अपरान्ह ३ बजेसम्म २६ हजार १८० मतदाताले मतदान गरिसकेका छन् ।

उनका अनुसार ७४ वटै मतदान स्थलमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । चुनावलाई स्वच्त र मर्यादित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यहाँ ६१ हजार सात सय ४८ मतदाता रहेका छन् ।

प्रकाशित : वैशाख १५, २०८१ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?