कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

सात बुँदे ‘पाल्पा घोषणापत्र’ जारी गर्दै सकियो अन्तर व्यवस्थापिका भेला 

माधव अर्याल

पाल्पा — लुम्बिनी प्रदेशसभा सचिवालयले पाल्पाको तानसेनमा राखेको तीन दिने अन्तर व्यवस्थापिका भेला सात बुँदै ‘पाल्पा घोषणापत्र’ जारी गर्दै शनिबार सकिएको छ । 

सात बुँदे ‘पाल्पा घोषणापत्र’ जारी गर्दै सकियो अन्तर व्यवस्थापिका भेला 

भेलाले संघीय संसद्् र प्रदेशसभाका विगतका सम्मेलन, भेला, अन्तरक्रिया र कार्यक्रमका निष्कर्ष, प्रतिवद्धता तथा घोषणाहरुलाई कार्यान्वयन गर्न गराउन अन्तरप्रदेश व्यवस्थापिका मञ्चलाई सक्रिय बनाउने घोषणापत्रमा उल्लेख छ ।

मञ्चमा संघीय संसद्का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, प्रदेशसभाका सभामुख, उपसभामुख रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

घोषणापत्रमा संसद् र संसद्ीय समितिको भूमिकालाई प्रभावकारी बनाउन संसद्बाट निर्मित कानुनहरुको उत्तर विद्यायिकी परीक्षण हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि संघीय संसद्ले उत्तर विधागिकी परीक्षण सम्बन्धमा प्रदेश सभाका समिति र सचिवालयका जनशक्तिलाई क्षमता अभिवृद्धिमा सहयोग र सहजीकरण गर्न संघीय र प्रदेश सभाबीच आवश्यक सहकार्य गर्ने लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगरले जानकारी गराए ।

घोषणापत्रमा उत्तरविद्यायिकी परीक्षण गर्ने सम्बन्धमा आवश्यक कार्यविधि, मापदण्ड तथा मार्गदर्शन बनाउका लागि सबै प्रदेशसभा सचिवालयले संघीय संसद् सचिवालय र सबै प्रदेशसभा सचिवालयबीच सूचना र ज्ञानको आदान प्रदान गर्ने उल्लेख छ । संसद्ीय बजेट सेवा कार्यालय स्थापना गर्ने सन्दर्भमा संघीय संसद्का महासचिवको नेतृत्वमा सचिवालयका सचिव र सातै प्रदेशका सचिव रहनेगरी एक अध्ययन समिति गठन गर्ने घोषणापत्रमा रहेको लुम्बिनी प्रदेशसभाका सभामुख घर्तिमगरले बताए ।

सरकारको स्थिरता कायम गरी सुशासन र विधिको शासनलाई जीवन्त बनाउन वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी बनाउनेतर्फसमेत अध्ययन, छलफल र बहसका निमित्त सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउने उल्लेख छ । मञ्चको आगामी भेला गण्डकी प्रदेशसभाले आयोजना गर्ने भएको छ ।

घोषणापत्रमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे, कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्ट, गण्डकी प्रदेशसभाका सभामुख कृष्ण प्रसाद धिताल, बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठक, लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगर, मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल, सुदुरपश्चिम प्रदेशसभाका सभामुख भिमबहादुर भण्डारीले हस्ताक्षर गरेका छन् ।

यसैगरी कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवार, गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापा, बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाई, लुम्बिनीप्रदेशसभाकी उपसभामुख मेनुका खाँड र सुदुरपश्चिम प्रदेशसभाकी उपसभामुख कोइलीदेवी चौधरीले हस्ताक्षर गरेकी छन् ।

प्रकाशित : वैशाख १५, २०८१ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?