कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

सन् १४५२ मा आजकै दिन : लियोनार्दोको जन्म

काठमाडौँ — सन् १४५२ मा आजकै दिन (अप्रिल १५) मा महान् चित्रकार लियोनार्दो दा भिन्चीको जन्म भएको थियो । इटालीको फ्लोरेन्समा जन्मेका लियोनार्दो आविष्कारक र इन्जिनियरसमेत थिए । लियोनार्दोको ‘मोनालिसा’ विश्वविख्यात् चित्र हो । 

सन् १४५२ मा आजकै दिन : लियोनार्दोको जन्म

चित्रकलामा नयाँ शैलीको विकास गरेका लियोनार्दोले १५०४ मा ‘मोनालिसा’को चित्र तयार पारेका थिए । उक्त चित्रमा देखिने महिला फ्लोरेन्सका धनाढ्य फ्रान्सेस्को डेल जियोकोन्डाकी श्रीमती लिसा गेरार्डिनी हुन् । ‘ला जियोकोन्डा’ का नामले समेत परिचित उक्त कलामा मोनालिसा रहस्यमय मुस्कानका साथ निकै आकर्षक देखिन्छिन् ।

लियोनार्दोले १५०३ मा मोनालिसाको चित्र बनाउन सुरु गरेका थिए । उनले एक वर्षमा चित्र बनाइसकेका भए पनि १५१७ सम्म त्यसमा विभिन्न काम गरे । ‘मोनालिसा’ १७९७ देखि फ्रान्सको राजधानी पेरिसस्थित लुभ्र संग्रहालयमा राखिएको छ । उक्त संग्रहालयमा विश्वमै सबैभन्दा धेरै मानिसले भ्रमण गरिसकेका छन् ।

विश्वकै सबैभन्दा महँगो चित्र मोनालिसाको मूल्य कम्तीमा ८६ करोड अमेरिकी डलर रहेको अनुमान गरिएको छ । लियोनार्दोको १५१९ मे २ मा फ्रान्समा निधन भएको थियो ।

प्रकाशित : वैशाख ३, २०८१ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?