कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

सन् १८६५ मा आजकै दिन : लिंकनमाथि गोली प्रहार

काठमाडौँ — आजकै दिन (१४ अप्रिल) सन् १८६५ मा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनमाथि गोली प्रहार भएको थियो । अमेरिकी गृहयुद्ध अन्त्य भएलगत्तै वासिङ्टन डीसीको फोर्ड्स थिएटरमा नाटक हेरिरहेका बेला लिंकनमाथि गोली प्रहार भएको हो । 

सन् १८६५ मा आजकै दिन : लिंकनमाथि गोली प्रहार

रंगकर्मी जन विक्स बेथले लिंकनलाई गोली हानेका थिए । गोली लागेको भोलिपल्ट ५६ वर्षको उमेरमा लिंकनको निधन भएको थियो । गोली प्रहार गर्ने बेथ आफैं रंगकर्मी थिए । अमेरिकाका १६ औं राष्ट्रपति लिंकनकै कार्यकाल सन् १८६३ मा अमेरिकामा दास प्रथा अन्त्य भएको थियो । लिंकनले अमेरिकाको संविधानको १३ औं संशोधनमार्फत दास प्रथाको अन्त्य गराएका थिए ।

प्रकाशित : वैशाख २, २०८१ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?