कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

नेपालीहरु श्रम गर्नका निम्ति कहाँ-कहाँ पुगेका छैनन् ?

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकैछिन अडिएर हेर्दा यस्तो लाग्छ, सिंगो नेपाल नै विदेश गइरहेको छ । किनकि हरेक दिन औसतमा २२ सय नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिइरहेका छन् । श्रम विभागका अनुसार फागुन महिनामा मात्रै बिदामा आएर जाने र नयाँ श्रम स्वीकृति लिन ६५ हजार ६ सय ५८ जना छन् ।

नेपालीहरु श्रम गर्नका निम्ति कहाँ-कहाँ पुगेका छैनन् ?

यतिका धेरै नेपालीले ९९ वटा फरक-फरक देशमा नेपालीहरु काम गर्नका लागि श्रम स्वीकृति लिएका हुन् । यो महिनामा नेपालीहरु रोजगारीका निम्ति उरुग्वेदेखि तान्जिनियासम्म अफ्रिकी देश सोमालिया र केन्यादेखि युरोपका ईटाली, डेनमार्क र बेल्जीयमसम्म अनि स-साना टापु देश भनिने बर्मुढा क्यारेबियन आइल्यान्ड बार्बोडाससम्म पुगेका छन् ।

हरेक बर्ष नेपालीहरु श्रम गर्न जाने नयाँ-नयाँ देशहरु थपिएका छन् । नेपाल लेबर माईग्रेसन रिपोर्ट २०२२ को यो तथ्यांक हेर्दा थाह हुन्छ, सन् २०१७/१८ यता रोमानिया, क्रोयसिया, साईप्रस, माल्दिभ्स, युके, पोल्याण्ड, माल्टा, टर्की, सेसल्स, अल्बानिया र जोर्डनजस्ता देशमा बैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेको छ ।

नेपाल लेबर माईग्रेसन रिपोर्ट २०२२ का अनुसार सन् २०१९/२० यताका तीन आर्थिक वर्षमा वैदेशिक रोजगारीमा सबैभन्दा धेरै जाने जिल्लाको सूचीमा धनुषा पहिलो नम्बरमा छ । आर्थिक वर्ष २०२१/२१ मा सबैभन्दा धेरै विदेश पठाउने जिल्लाको दोस्रो सूचीमा सिराह छ भने तेस्रो नम्बरमा महोत्तरी, चौथोमा झापा, पाँचौंमा सर्लाही, छैटौंमा मोरड, सातौंमा सप्तरी, आठौंमा सुनसरी, नवौंमा रुपन्देही र दशौंमा रौतहट रहेको छ । यो तथ्यांकले देखाउँछ कामको खोजीमा विदेश जान जिल्लाहरुमध्ये मधेश प्रदेशका ८ मध्ये ५ जिल्ला टप टेनको सूचीमा छन् ।

श्रम गर्न परदेश पसेका नेपालीहरु के सिपयुक्त छन त ? फागुन महिनामा श्रम स्वीकृति लिएका ६५ हजार ६ सय ५८ मध्ये उच्च सिप भएका जम्मा ८५ जना अर्थात् ०.१२ प्रतिशत छन् । अनि पेसागत सीप भएका जम्मा ३ सय ४९ जना अर्थात् ०.५३ प्रतिशत छन् । अर्ध सिपयुक्त भने ५ हजार १ सय ६० जना छन अर्थात ७.८५ प्रतिशत रहेका छन् । सिपयुक्त ४७ हजार ५ सय ७७ जना अर्थात् ७२.दशमलव ४६ प्रतिशत छन् । कुनै पनि सीप र क्षमता नभएका कामदार भने १८.९७ प्रतिशत रहेका छन् ।

नेपाल लेबर माईग्रेस रिपोर्टको सन् २०१९/२० यताका तीन वर्षको तथ्यांक हेर्दा सीप बिनाका कामदारहरु विदेश जानेको तथ्यांक झण्डै आधाकै हाराहारीमा छन् । यो तथ्यांक हेर्नेहोस् त वैदेशिक रोजगारीमा गएकामध्ये सन् २०१९/२० कुनै सीप बिनाका कामदारको प्रतिशत ५७.८ प्रतिशत रहेछ । सन् २०२०/२१ मा यो प्रतिशत ५६.२ रहेछ भने सन् २०२१/२२ मा ५४.२ प्रतिशत रहेछ ।

प्रकाशित : चैत्र २१, २०८० १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?