२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

तेक्वान्दोको आईओएफटिसी नेपाल स्थापना

काठमाडौँ — अमेरिकाको पोर्टल्यान्डस्थित इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को सहयोगी संस्थाको रूपमा आईओएफटीसी नेपाल स्थापना गरिएको छ ।

तेक्वान्दोको आईओएफटिसी नेपाल स्थापना

पाटनको सौगलस्थिल यलमुल गार्डेनमा आयोजित कार्यक्रममा आईओएफटीसी नेपाल २०२४ गठन भएको जानकारी दिइएको छ । आईओएफटीसी हेडक्वाटरका संस्थापक तथा निर्देशक ग्रान्ड मास्टर दिवाकर महर्जनले आईओएफटीसी नेपाल टिमका पदाधिकारी तथा सदस्यलाई स्वागत गरे । आईओएफटीसी नेपालको अध्यक्षमा मीनप्रसाद खनाल छन् । उपाध्यक्षमा राजमन्दिर श्रेष्ठ, सचिवमा गिरीबहादुर सुनार, कोषाध्यक्षमा रिकेश महर्जन तथा सदस्यमा सहदेव श्रेष्ठ, शिलकुमारी महर्जन र भवानी बजगाईं छन् ।

ग्रान्ड मास्टर महर्जनले टिमलाई शुभकामना दिँदै आईओएफटीसी नेपालले खेलक्षेत्र तथा खेल पर्यटन प्रवर्द्धनसँगै, कलासंस्कृतिको जगेर्ना र उत्थानमा काम गर्ने उद्देश्य रहेको बताए । आईओएफटीसी नेपालले प्रमुख रूपमा इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप नेपालमा आयोजना हुँदा वा नेपालबाहिर हुँदा छनोट प्रतियोगितामा आयोजकको भूमिका निर्वाह गर्नेछ ।

आईओएफटीसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिकाबाहिर गर्दै आएको छ । जसअनुसार आईओएफटीसीको आफ्नो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा ५ संस्करण, नेपालमा ४ संस्करण, भारत, बेलायत, हङकङ र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको छ ।

महर्जनले आगामी अगस्टमा दक्षिण कोरियाको सोलमा १४ औं संस्करण हुने र प्रतियोगितामा खेल्ने राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताबाट ६ खेलाडीको चयन भइसकेको जानकारी बताए ।

ग्रान्ड मास्टर महर्जनले खेल सामग्री आईओएफटिसी नेपाललाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित : वैशाख ३, २०८१ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?