मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा असंवैधानिक : कांग्रेस
गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भनेर सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभामा गरेको घोषणा असंवैधानिक भएको भन्दै विरोध जनाएको छ । प्रदेशसभाको बैठक लगत्तै कांग्रेसले सभामुखले गरेको असंवैधानिक निर्णयलाई अस्वीकार गर्दै कानूनी उपचारको बाटोमा जाने जनाएको छ ।