२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

एमाले पश्चिम नवलपरासीको अध्यक्षमा पुनः अधिकारी

नवीन पौडेल

परासी — नेकपा एमाले पश्चिम नवलपरासीको नवौं अधिवेशनबाट अध्यक्षमा दिपेन्द्रकुमार अधिकारीसहित १ सय ५ जनाको जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ । 

एमाले पश्चिम नवलपरासीको अध्यक्षमा पुनः अधिकारी

अध्यक्ष अधिकारीसहित पदाधिकारी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा धिरज शर्मा बस्याल, उपसचिवमा राजनकुमार आचार्य र रिंगला यादव निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रमेश पौडेलले बताए ।

जिल्लाको सातवटै स्थानीय तह, महिला, युवा, अल्पसंख्यक र विधानमा व्यवस्था भएबमोजिम सबै पदमा सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित कमिटीलाई पद तथा गोपनियताको शपथग्रहण गराइएको छ ।

लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले नवनिर्वाचित कमिटीलाई जुझारु भएर पार्टी संगठन र आ-आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएकी थिइन् । जिल्लामा आकांक्षी धेरै भए पनि प्रदेश र केन्द्रस्तरका नेताले सर्वसम्मत गराउन पहल गरेका थिए ।


प्रकाशित : वैशाख २३, २०८१ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?