गण्डकीपोखरामा मेघ गर्जनसहित वर्षावैशाख २३, २०८१दीपक परियारRead in englishपोखरा — पोखरामा आइतबार मेघ गर्जनसहित पानी परेको छ । दुई साताभन्दा बढी समयदेखि तुँवालोले ढाकिएको पोखरामा आइतबारको वर्षाले राहत दिएको हो । डढेलोको धुवाँ र धूलोले उच्च वायु प्रदूषण खेपेको पोखरामा वर्षा भएपछि स्थानीयले राहत महसुस गरेका छन् । वायु प्रदूषणले भीजीबीलीटी कम हुँदा पोखरा विमानस्थलबाट हुने उडानसमेत प्रभावित हुँदै आएको थियो । वर्षापछि मौसम सफा हुने अनुमान गरिएको छ ।प्रकाशित : वैशाख २३, २०८१ १८:५४प्रतिक्रियापठाउनुहोस्