२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

सर्वोच्चको आदेशमा टेकेर गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत 

कांग्रेस सांसदद्वारा नाराबाजी 
प्रतिक्षा काफले

गण्डकी — सर्वोच्चको आदेशमा टेकेर गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत पाएको घोषणा गरिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको पक्षमा ३० र विपक्षमा २७ मत तथा २ मत तटस्थमा रहेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे ।

सर्वोच्चको आदेशमा टेकेर गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत 

संविधानको विपरीत सभामुखले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरिएको भन्दै कांग्रेस सांसदहरुले भने नाराबाजी गर्दै वेल घेराउ गरेका छन् ।

मुख्यमन्त्री अधिकारीलाई एमालेको २२, माओवादीको ७ र स्वतन्त्र सांसदको १ मत रहेको छ ।

यस्तै, विपक्षमा कांग्रेसको २७ मत रहेको हो भने राप्रपा तटस्थ बसेको थियो । मतदानमा ५९ सांसद सहभागी थिए ।

प्रकाशित : वैशाख २३, २०८१ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?