वरिष्ठ गायिका तारादेवीले मिठो स्वरमा जीवन दर्साउने यो गीतको लयसँग मिल्दो जीवन गुजारिहरहेका छन्, पुलचौर ४, म्याग्दीका २८ वषर्ीय विमल रामदाम । त्यही भएर उनले आफ्नो एउटा डायरीमा लेखेको रहेछन्, 'जिन्दगीमा हजारौं सपना देखे । सपना सबै खरानी भई हावामा उडी गयो । सोचेजस्तो खोजे जसरी जीवनमा नहुने रहेछ ।'
चार वर्षअघि कतार आउँदा उनले पनि सपना देखेका थिए, 'एउटा छोरोलाई गुणस्तर शिक्षा दिलाउने, परिवारसँग सकुशल भेट्ने र खुसीपूर्वक बाँच्ने । एउटा सामान्य गैती बेल्चा चलाउन कतार छिरेका रामदामसँग पहिलेजस्तो हाँसो, तगत, खुसी छैनन् । उनीसँग कठिन शरीर छ । मुटुभरि पीडा छ । त्यसलाई भुल्नको लागि परिवारको दरिलो सम्झना छ । साथीभाइको सहयोग छ । बाँच्नका लागि एउटा अदालती आदेश छ ।
जनवरी ८, २०११ बाट उनको जीवनमा यसरी परिवर्तन आइदियो कि अब उनी पहिलेको शरीर लिएर परिवारलाई भेट्न असमर्थ छन् । आफ्नो पहिलो करार अवधि सकेर घर र्फकने अन्तिम तयारी गरिरहेका रामदाम एक्कासि दुर्घटनामा परे । '२२ महिना पुग्दै थियो । दुई महिनापछि घर फिर्दै थिएँ,' उनले भने, 'आफूलाई एक्कासि हमाद अस्पतालको बेडमा दुई खुट्टा नचल्ने अवस्थामा पाउँदा छाँगोबाट खसेको जस्तो भयो ।'
उनी दोहाका सलातस्थित एउटा बिल्डिङ कन्स्ट्रक्सनमा अनुभवी कारपेन्टर हुन् । सनैयाबाट आउन जान गार्हो भएपछि त्यही निर्माणाधीन भवनमा नाथुरसँग बस्थे । एकदिन माछा खाना रहर लागेका रामदाम कार्निसमा जाँदा गाडीको जुधाइमा परे । 'हुन त मलाई घटनाअघिको १० दिनसम्मको विषयमा अझ अलमलमा छु । साथीलाई सोध्छु कसरी भयो ? कसैसँग स्पष्ट सूचना छैन,' भन्छन्, 'लामो दिनपछि अस्पतालमा पाएको मात्रै याद छ ।'
अस्पतालमा रेकर्डअनुसार उनी कर्निस क्षेत्रको हाइवेमा दुर्घटनामा परेका हुन् । दुर्घटनामा परेर अस्पतालमा उपचार भइरहेको बेला कम्पनीले भागेको भन्दै राहदानी सीआईडी बुझाउने तयारी गरेको रहेछ । अस्पातलबाट फोन गएपछि बल्ल सबै साथीभाइ, कम्पनीलाई यसबारे सूचना भएको थियो । उनको कम्मरमुनिको हर चल्दैन । द्रेबे खुट्टाको घुँडासम्म थाहा हुन्छ । दाहिने खुट्टमा काटेको घाउमा नुन खुर्सानी हालेजस्तो पोल्छ । 'पोलेर खेप्न नसक्ने हुन्छ,' पीडा सुनाए, 'कहिलेकाहीं एम्बुलेन्स बोलाएर जानुपर्छ ।'
अहिले उनको साहरा हि्वलचियर भएको छ । कोटाभित्र थन्किएका छन् । त्यही भएर जीवनलाई उनी 'पीडा, दुःखाइ, संघर्ष र आँखाभरि आँसु' भनी परिभाषित गर्छन् । अस्पतालबाट फर्केपछि उनले असाध्यै दुःख पाए । तिर्खा लागेका बेला पानी खानसमेत घन्टौं कुर्नुपर्यो । शौचालय जाँदा गल्लीहरूको छरपस्ट राखिएका साथीभाइका चम्पल जुत्ताले हि्वलचियरलाई अड्काइदाको सास्ती झेले । झन् एकजना नेपाली मित्रको 'यस्तो जीवन जिउनुभन्दा बिख खाएर मर्नु बेस'को शब्द सुने । 'मेरो हालत उसको छोरोको भए यस्तै भन्थे होलाजस्तो लाग्छ,' भन्छन्, 'कसैमाथि कहिल्यै यस्तो शब्द प्रहार नहोस् ।'
उनी सनैया क्याम्मा छन् । कम्पनीले दुर्घटना भएयता तलब दिएको छैन । कम्पनीले १६ सय रियाल र हि्वलचियर खरिद गर्न हजार गरी २६ सय दिएको छ । त्यो पनि फिर्ता गर्नुपर्छ भनिरहेकेा छ । यो सहर केवल श्रम मात्रै खोज्दोरहेछ । मान्छेको बानी व्यवहार र काम प्यारो रहेछ । 'पहिला काम गर्न सक्ने बेला मलाई जतासुकै लैजान्थ्यो । बिहान, बेलुका, रात केही नभनी काम गर्थे । त्यतिखेर कम्पनीले विमल जैन भन्थ्यो,' भन्छन्, 'यतिखेर फर्केर भेट्न आउँदैन । खानाको लागि महिनाको दुई सय रियाल मात्रै दिए पनि कति सहज हुन्थ्यो ।'
साथमा रकम नहुँदा कैयौ दिन अलेत्तिया बजारको भीडमा सहयोगको हात फैलाए । 'यो बिरामी भएपछि जे छैन, त्यो खान मन लाग्ने,' उनी भन्छन्, 'फेरि परदेशमा सहयोगको निकै ठूलो आशालाग्दो रहेछ ।' फेरि कोठामा दिनभर एक्लै बस्दा झन् तनाव हुन्छ । 'म बाँचेर पनि बिल्कुल मरेको छ । मेरो मुख बोलिरहेको छ । आँखा हेरिरहेको छ । आधा त अपूरो नै भयो,' भन्छन्, 'यसमा परिवारको ठूलो साथ पाएको छु । तपाईं बाँच्नुभयो । त्यहीमा हामी खुसी छौं । हजुरलाई केही भइदिएको भए हाम्रो के हालत हुने थियो भन्छन् । यसले ऊर्जा मिल्छ ।'
अहिले उनी क्षतिपूर्ति पाइन्छ किन भनेर यता पर्खेर बसिरहेको छ । 'अदालतले ४ सय ३ प्रतिशत क्षतिपूर्ति दिनुपर्छ भनेर फैसला गरेको छ । त्यो पाइन्छ किन भनेर बसेको,' उनले भने, 'वकिललाई २५ प्रतिशत दिनुपर्छ । त्यही वकिलले छिट्टै गर्छु भन्छ । यो कसरी हात पार्ने हो थाहा छैन् ।'
१८ थरीका शरीरभरि चोट लागेको उनी बिमा पाए उडिहाल्थे । चारवर्षे कतारी यात्राको क्रममा उनको डयारीमा लेखिएजस्तो अबको उद्देश्य एउटै छ, 'प्रेम सफल बनाउने । आफूलाई भन्दा श्रीमतीलाई धेरै माया गर्ने । एउटै मुटु एउटै धड्कन हो भनी सोच्ने ।'
प्रकाशित मिति: २०७० जेष्ठ १२ ०५:३०
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !