Kantipur-qatar

Kantipur

मिति | बिहीवार, २०७१ श्रावण १५     Login | Register | Issue No. 279
मिसमास»

परदेशीलाई पत्र

  • नेपालभन्दा कतारको मरुभूमि ठीक
पुस १९ -
आदरणीय दाजु,

सादर ढोग र सुमधुर सम्झना

यहाँ म, बुबाआमा, छोरीलगायत हामी सबै परिवार र आफन्तलाई आरामै छ । त्यहाँ हजुर, भाउजू र भतिजीहरूलाई पनि आरामै होस् भनेर आराध्यदेव पशुपतिनाथसँग प्रार्थना गरिरहेका छौं । दाजु, मेरा हरेक दुःख सुखमा हजुरले  हौसला बनेर मलाई साथ दिनुभएको थियो । त्यसैले पनि होला कहिले पत्र लेख्न आवश्यकता परेन । तर दाजु आज हामी सात समुद्रपारि छुटिएर बस्न विवश छौं । हजुर कतारको गर्मीमा जिन्दगी नियालिरहनुभएको छ भने म नेपालको अन्योलपूर्ण वातारणमा रुमलिरहेको  छ । दाजु, विदेशमा बस्दा नेपालमा गएर यस्तो गर्छु र उस्तो गर्छु भनेर धेरै सपनाहरू सजाएर फर्किएको थिएँ । तर आज ती मात्र सपना र कल्पनामा सीमित रहेका छन् । नेपालको अस्तव्यस्त राजनीतिक परिस्थितिले हाम्रो जिन्दगी  पनि अस्तव्यस्त नै बनाएको छ । सोचेको केही थोरै पनि सपना साकार नहुँदा आज मलाई किन नेपाल फर्किएछु भन्ने पछुतो भएको छ । मन साहै्र बेचैन र विक्षिप्त हुन थालेको छ ।

दाजु, म दुबईबाट नेपाल र्फकंदा धेरै सपना बोकेर आएको थिएँ । आफ्नै माटोलाई नै सिर्जनशील बनाउने उद्देश्य राखेर नेपाल फर्किएँ । तर सोचेजस्तो केही भएन । हुन त मैले विदेशमा भन्दा बढी मिहिनेत नेपालमा गरें । आफ्नै  माटोमा खाइने हन्डर खक्करलाई मिठो मान्दै आफ्ना कदमहरू निरन्तर अघि बढाएँ । तर आधा पनि सफल भइनँ । यसका पछाडि धेरै कारण लुकेका छन् । ती हुन् हाम्रो देशको अस्थिर राजनीति, बन्द, हड्ताल, कुर्सीको निम्ति ने ताहरूको खिचातानी, खुकुलो कानुन, दिनरातको लोडसेडिङ र भ्रष्टाचार । मैले स्वदेशमै पसिना बगाएर केही गर्ने कोसिस गरें । तर सन्तोषको बाटो भने अहिलेसम्म पाएको छैन । त्यसैले पनि अब यो देशमा काम गर्ने इच्छा भित्रैदेखि  मरेर आएको छ । हुन त आफ्नो देशप्रति यस्तो भावना जगाउनु स्वार्थीपना हो । हामीजस्ता युवाहरू जो स्वदेशमै केही गर्छु भन्ने सपना सजाएर नेपाल र्फकेका थिए, अन्ततः आफ्नो अन्तिम गन्तव्य विदेशलाई नै बनाउन विवश छौं ।

अब मलाई पनि नेपाल बस्ने इच्छा

छैन । यो देश इमानदार र असल मान्छेका लागि होइनजस्तो लाग्न थालेको छ । नचाहेर पनि विदेशलाई नै राम्रो भन्नुपरेको छ । यहाँ त सास फेर्न पनि स्वच्छ हावा पाइँदैन । खाने कुराको त कुरै छाडौं । हरेक चीजमा मिसावट र  ठगी मात्र हुने गर्छ । मान्छेहरूको विकृत र ठग मानसिकताले अबको केही वर्षमा यो देशको माटो नै विकृत होला भन्ने लागिरहेको छ । दाजु, ६ वर्ष दुबईमा बस्दा जति जन्मभूमिको मायाले सताएको थियो । त्यो त अहिले साँघुरिँदै छ  । सायद यहाँको स्थितिले गर्दा पनि मलाई यस्तो भएको होला । नेपालको खस्कँदो अवस्था देख्दा नेपालमा भन्दा मिठो सपना सजाएर पनि विदेशमै ठीक थिएँ । दिनरात खटिए पनि सफा ठाउँमा बसेको थिएँ । परदेशको भीडमा भए पनि  उज्यालोमा हिँडेको थिएँ । हुन त दाजु म हजुरको अगाडि सधैं बच्चै हुन्छु । हजुर प्रदेश बस्नुभएको पनि १५ वर्ष भयो । १४ वर्षमा त राम पनि वनबासबाट घर फर्किएका थिए । हजुर त अझै परदेशमै पसिना बगाइरहनुभएको छ ।  प्रत्येक वर्ष आउने चाडपर्वमा यता बुबाआमालगायत हामी सबै परिवारलाई नरमाइलो त उता हजुर भाउजू र भतिजीहरूलाई नरमाइलो । हामी सबै परिवार नभेटेको पनि दशक भइसक्यो । योभन्दा पीडादायक कुरा जीवनमा के  हुन्छ होला र ? दाजु, भतिजीले नेपाल आउँदा कतार जान मन गरेकी थिइन् । त्यति बेला ऊभित्रको राष्ट्रप्रेमले मलाई चसक्क पारेको थियो । भतिजी साक्षी र प्राप्ति दुवैको राम्रो भविष्यका लागि पनि हजुरले प्रवासमा बस्नुपरेको छ ।  हुन त दाजु हजुरले पनि नेपाल आएर केही गर्ने सपना सजाउनुभएको छ । तर यो सम्भव हुन पनि सक्छ । नहुन पनि सक्छ । त्यसैले बरु त्यहीं कतारको गर्मी र मरुभूमिको धूलो नै ठीक छ । जहाँ आफ्ना सपना पूरा हुने सम्भावना त  छ । त्यसैले म पनि राम्रो काम भए त्यतै आउन चाहन्छु । यो देशमा संघर्ष गर्ने हिमम्त अब मसँग छैन । दाजु, अरू यस्तै हो । बुबाआमा गाउँमै हुनुहुन्छ । उहाँहरू हजुरहरूलाई भेट्ने दिनको प्रतीक्षामा हुनुहुन्छ । हजुरले यताको केही  चिन्ता नगर्नु । आफ्नो खानपान र स्वाथ्यको विशेष ख्याल गर्नुहोला ।

हजुरको प्यारो भाई

दिपक

प्रस्तुति ः महालक्ष्मी सिलवाल

प्रकाशित मिति: २०७१ श्रावण १५ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

'वीर'लाई 'बिरामी' घोषणा गरेर नि वास्ता गरेन भने... 'अस्पताल'लाई नि 'हड्ताल' घोषणा गर्दिन्छम् !

विज्ञापन

Radio Kantipur
  हाम्रा प्रकाशनहरु :
Our Publication