मंसिर ७ -
नेपाल-कतारबीच दुईपक्षीय सम्बन्ध विस्तारसँगै विकास भएको वैदेशिक रोजगारको क्रम लगभग साढे तीन दशकको हाराहारी पुगिसकेको छ । सुरुमा गुण्ाात्मक हिसाबले भन्दा पनि विशेष अवसरको खोजीमा मध्यपूर्वमा कामका सिलसिलामा जाने प्रचलन थियो । तर, विस्तारित प्रक्रियासँगै वैदेशिक रोजगारले जरो गाड्दै आइपुग्दा अवसरको खोजीभन्दा जीविकोपार्जनको न्यूनतम आवश्यकता पूर्ति लक्ष्य बने, जसको कारण्ा देशमा प्याप्त अराजनीतिक अवस्था हो ।
सुरुमा वैदेशिक रोजगारको सिलसिलामा नेपालीहरू एक दक्ष, कुशल र इमानदार कामदारको रूपमा खासगरी कतारमा चिनिएका थिए । बिस्तारै अदक्षताको लेप ग्रहण्ा गर्दै समग्रमा कतारमा कार्यरत करिब चार लाख नेपाली उस्तै उस्तै देखिँदो अवस्था छ । नेपालीहरू दक्षताबाट अदक्षताको अधोगतितर्फ उन्मुख भएका पो हुन् कि ? कतै नेपालीहरू दक्षतामा कमजोर भएका हुन् भन्ने तर्कसंगत चिन्ताले समाज र सेरोफेरोमा पक्कै रुमलिएका छौं ।
वैदेशिक रोजगारको स्तर ओरालो लाग्नुमा तीनवटा कारण्ा छन् । पहिलो-वैदेशिक रोजगारमा जाने श्रमिकमा हुने चेतनाको कमी, दोस्रो-राष्ट्रको अराजक तथा अराजनीतिक अवस्था र तेस्रो-म्यानपावर कम्पनीको मनोपली । कुनै पनि देशमा रोजगारको निम्ति जानुपूर्व वैदेशिक रोजगारका चुनौती र अवस्थाबारे ख्याल र ज्ञान राखी कदम बढाउने हो भने र राज्यमा स्थिर राजनीतिक अवस्था तथा विधिको शासन स्थापना हुन सक्यो भने अनि स्वतः म्यानपावर कम्पनी विधि र नियममा बाँधिनेछन्, जसको फलस्वरूप नेपाली श्रमिकका रूपमा संसारको कुनै पनि राष्ट्रमा स्वस्फूर्त तथा सुरक्षति रोजगारमा संलग्न हुन सक्नेछन् । तर जबसम्म रोगको निदान हुँदैन फगत रोगको चर्चा गरेर मात्र समाधान निक्लिनेछैन । केवल रोगको बखान रटेर समाधानभन्दा सिंगो अवस्थितिमा नकारात्मक प्रभावमात्र
परी रहन्छ ।
मरुभूमिका रापिला पीडाहरू गाउँदै गर्दा यहाँ धेरै शीतल छहारीहरू छायामा परिरहेको तथ्य हामीले कहिले बुझ्ने ? काम गरी फकिर्ने नेपालीलाई आफ्नै देशमा तेस्रो नागरिकसरह व्यबहार गरिन्छ भन्ने आम गुनासो यसैको कारण्ा हो कि मध्यपूर्व भनेको अदक्ष अस्तरीय कामदारले रोजीरोटी गर्ने ठाउँ हो भन्ने आम धारण्ाा हाम्रो समाजमा बसेको छ । मध्यपूर्व र त्यहाँ काम गर्ने नेपालीप्रतिको असम्मानीय धारण्ाालाई चिरेर फ्याँक्न जरुरी छ । यस्ता धारण्ााले निरुत्साहित मानसिकताको बिकास गरिरहेको हुन्छ । जुन समग्रमा नेपाली र नेपाली समाजलाई नै अधोगतितर्फ धकेल्ने महण्वपूण्र्ा कारण्ा बन्ने अथवा बनिरहेको छ ।
मध्यपूर्वमा नेपालीहरूले दुःखै मात्रै पाइरहेका छन्, रगतलाई पसिनाको रूपमा बगाइरहेका छन् भन्दै गर्दा यहाँ नेपालीहरूले गरेको संघर्ष र प्राप्त सफलताको बखान पनि हुनु जरुरी छ । केही कारण्ा छन् जसले गर्दा खाडीमा काम गर्ने लाखौँ नेपालीलाई हेर्ने दृष्टिकोण्ा सकारात्मक देखिन्न, तर सत्य के होइन भने यहाँ विवशता मात्र याप्त छन् ? यहाँ चुनौती पक्कै छ । तर, यथेष्ट सम्भावना र अवसरहरू सफलताको मूलद्वार बनेर पर्खी रहेका पनि छन । होटलमा भाँडा माझ्न आएको नेपाली उसको मिहिनेत र संघर्षले म्यानेजर बनेका कुरा, सामान्य कामदारको रूपमा भित्रेको नेपाली म्यानेजमेन्ट स्तरमा पुगेका कुरालाई पनि उठान गरिनु आवश्यक छ ।
मध्यपूर्वमा काम गर्ने नेपाली अदक्ष हुँदैनन्, मध्यपूर्वका नेपालीहरू राष्ट्र र समाजलाई परिवर्तित गर्ने दिशामा कम र कमजोर छैनन्, आज देश रेमिट्यान्सको आडमा बाँचिरहँदा मध्यपूर्वमा श्रम गर्ने नेपालीको प्रमुख योगदानमा त्यो सम्भव भएको छ भन्ने कुरालाई अब उठाउनु आवश्यक छ । यहाँ नेपालीले धेरै गरेका छन् अनि धेरै पाइरहेका छन् संघर्ष र प्रतिफलको गण्ाितीय मान्यता अनुरूप नेपालीहरू अधोगतितर्फ होइन उन्नति र प्रगतिको दिशामा उन्मुख छन् भन्ने कुरालाई हुबहु उठाउन मध्यपूर्वमा चल्ने कलमको भूमिका महत्त्वपूण्र्ा छ ।