इलाममा मतान्तर बढाँउदै एमाले, कांग्रेसलाई पछ्याउँदै पहिचानवादी
प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका १ देखि ५ नम्बर वडासम्मको मतगणना सकिएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका १ देखि ५ नम्बर वडासम्मको मतगणना सकिएको छ ।
इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । सोमबार बिहानसम्म भएको गणनाअनुसार उनले ७ हजार ६ सय ७७ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ३ सय ९५ मत ल्याएका छन् ।
स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि लाञ्छना लगाएर अडियो उत्पादन तथा प्रसारण गरिएको विषय सर्वोच्च अदालत पुगेको छ । सर्वोच्चले ‘सो–मोटो’ (स्वतः संज्ञान) लिएर आइतबार मुद्दा दायर गरेको छ । जानाजान झूटा सामग्री उत्पादन तथा प्रसारण गरेकाले हदैसम्मको कारबाही गर्न र फौजदारी कसुरमा समेत अनुसन्धान गराउन माग गरिएको छ । मुद्दाको सुनुवाइ सोमबार हुँदै छ ।
पचासभन्दा बढी मुलुकका २ हजार २ सयभन्दा बढी प्रतिनिधिहरूसामु नेपालका सत्तापक्ष र प्रतिपक्ष दुवैले देशमा लगानीमैत्री वातावरण सिर्जना भएको उल्लेख गर्दै नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि आकर्षक गन्तव्य भएको संयुक्त रूपमा बताएका छन् ।
६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनको मतगणनामा भने कांग्रेसले अग्रता लिएको छ । सोमबार बिहानदेखि कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता लिएका हुन् । सिंह एमाले उम्मेदवारभन्दा २ सय ६४ मतले अगाडि छन् ।
बेलायतको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसीडीओ)का क्षेत्रीय निर्देशक बेन मेलोरले नेपालमा लगानी गर्न सहज वातावरण बनाउन नेपाल सरकारले कानुन र अध्यादेशद्वारा महत्वपूर्ण आर्थिक सुधार गर्नु पर्ने बताएका छन् ।