२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

इलाममा मतान्तर बढाँउदै एमाले, कांग्रेसलाई पछ्याउँदै पहिचानवादी

इलाम — प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका १ देखि ५ नम्बर वडासम्मको मतगणना सकिएको छ ।

इलाममा मतान्तर बढाँउदै एमाले, कांग्रेसलाई पछ्याउँदै पहिचानवादी

गणनाको पछिल्लो परिणाम सार्वजनिक हुँदा एमालेका सुहाङ नेम्बाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई २ हजार २ सय ८२ मतले पछाडि पारेका छन ।

नेम्बाङले ७ हजार ६ सय ७७ मत ल्याउँदा खड्कालाई ५ हजार ३ सय ९५ मत प्राप्त भएको छ । यस्तै पहिचान पक्षधर उम्मेद्वार डकेन्द्रसिंह थेगिमलाई ४ हजार ५८ मत प्राप्त हुँदा राष्टिय स्वतन्त्र पार्टीका मिलन योङहाङलाइ १ हजार १ सय ६२ मत आएको छ ।


प्रकाशित : वैशाख १७, २०८१ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुतु गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?