आगलागीबाट दाङमा २३ घरगोठ जले

दाङ — आगलागीबाट दाङको राजपुरमा २३ घरगोठ जलेका छन् । राजपुर गाउँपालिका–७ हाडबासस्थित गाईघाट सामुदायिक वनमा आइतबार दिउँसो लागेको आगो बस्तीमा फैलँदा २३ घरगोठ जलेका जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी जनकबहादुर मल्लले बताए ।

आगलागीबाट दाङमा २३ घरगोठ जले

उनका अनुसार आगलागीबाट ८७ लाख ७५ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट विस्थापित भएका ९९ जनालाई नजिकैको आ-आफ्नो पाखो बारीमा बस्ने व्यवस्था मिलाएको उनले बताए ।

बेलुकापख बस्तीको आगो नियन्त्रणमा आएको र वनमा भने नियन्त्रणमा आउन नसकेको मल्लले बताए । आगो निभाउन नेपाली सेना १५, नेपाल प्रहरी २५ र सशस्त्र प्रहरी ३५ जना खटिएको उनले जनाए ।


प्रकाशित : वैशाख १६, २०८१ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?