कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

आईएफएको कार्यकारी निर्देशकमा पूर्वराजदूत सुवेदी नियुक्त

काठमाडौँ — परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) को कार्यकारी निर्देशकमा पूर्वराजदूत प्रकाशकुमार सुवेदी नियुक्त भएका छन् ।

आईएफएको कार्यकारी निर्देशकमा पूर्वराजदूत सुवेदी नियुक्त

उनलाई मन्त्रिपरिषद्ले तीन वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । आईएफए परराष्ट्र मामिला, भूराजनीति, राष्ट्रिय सुरक्षालगायत विविध विषयमा अनुसन्धान गर्ने संस्था हो । आईएफएले परराष्ट्र सेवाका कर्मचारी, सिफारिस भएका राजदूतहरू, सैनिक सहचारीलगायतलाई प्रशिक्षण पनि दिँदै आइरहेको छ ।

सुवेदी सन् २०१७ मा अस्ट्रियाको लागि राजदूत भएका थिए । साथै, उनले त्यसबेला संयुक्त राष्ट्र संघको लागि नेपालको भियनास्थित प्रतिनिधि रूपमा काम गरेका थिए । सन् १९८८ मा परराष्ट्र सेवामा प्रवेश गरेका सुवेदीले दुई वर्षअघि नियमित अवकाश पाएका थिए ।

आईएफएमा राजेश श्रेष्ठको कार्यकाल सकिएपछि खालि रहेको कार्यकारी निर्देशक पदमा सुवेदीलाई नियुक्त गरिएको हो । आईएफएका सूचना अधिकारी सानुराजा पुरीका अनुसार सुवेदीले मंगलबारदेखि काम थालेका छन् ।

प्रकाशित : वैशाख ४, २०८१ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?