कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०१

डा. रुइतलाई ५ लाख रुपैयाँको ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’

काठमाडौँ — नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई मंगलबार झापामा ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ 

डा. रुइतलाई ५ लाख रुपैयाँको ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’

रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित उक्त पुरस्कार कोशी प्रदेश प्रमुख परशुराम खापुङले हस्तातरण गरेका हुन् । पुरस्कारको राशि पाँच लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी, यस वर्षको ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ झापाका बुद्धशान्ति गाउँपालिका–१ डुम्रिबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरियो । यो पुरस्कारको राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ छ । १७ वर्षीय सविनले मिनी हवाइजहाज, रोबोट, ड्रोन, मोटरसाइकल, साइकललगायतका सामग्री बनाएका छन् ।

प्रकाशित : वैशाख ४, २०८१ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?