गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट खारेज
सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति गैरकानुनी भएको दाबीसहित दायर रिट खारेज गरेको छ । पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट दायर रिट न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले सोमबार खारेज गरेको हो ।