कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

बढ्दो डढेलोबाट सचेत रहन मुख्यमन्त्री अधिकारीको अपिल

कास्की — गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशका विभिन्न स्थानमा डढेलो लागेको उल्लेख गर्दै त्यस्ता घटनाबाट सचेत रहन अपिल गरेका छन् ।

बढ्दो डढेलोबाट सचेत रहन मुख्यमन्त्री अधिकारीको अपिल

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री अधिकारीले फैलिरहेको डढेलो र त्यसले गराएको प्रदुषणप्रति चिन्ता व्यक्त गरे ।

‘वनजंगलमा रहेका खानेपानीका पाइप लाइनमा नोक्सानी पु‍र्‍याउनुका साथै वन जंगलसँग जोडिएका बस्तीमा थप जनधनको क्षति हुनसक्ने सम्भावना बढाएको छ । सुख्खा तथा हावाहुरी चल्ने यो मौसममा आगलागी र डढेलोको जोखिम बढ्दो छ । यी घटनाक्रमले प्रदेश सरकारको ध्यानाकर्षण गरेको छ र चिन्ता समेत बढाएको छ’ मुख्यमन्त्री अधिकारीले जारी गरेको अपिलमा भनिएको छ ।

गण्डकी प्रदेशमा हालसम्म ४ सय ६७ स्थानको ८ हजार २ सय ७७ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जसका कारण कयौं वन्यजन्तु मरेका छन् भने बासास्थान मासिएको छ ।

विपत्ति आइपरेमा भने सरकारका विपत् व्यवस्थापन संयन्त्र उद्दारका लागि हरहमेसा तम्तयार रहेको भन्दै तत्काल सम्बन्धित ठाउँमा खबर गर्न आग्रह समेत गरेका छन् ।

‘डढेलोको अवस्था यस्तै भइरहेमा उच्च प्रदूषणको जोखिम रहिरहने, सिमसार सुक्ने, बाढी पहिरो समेतको जोखिम बढ्ने हुनाले यस्ता दुस्खद प्राकृतिक विपत्तिबाट जोगिन विशेष सावधानी अपनाउनुहुन र कसैगरी त्यस्ता विपत्ति आइपरेमा सरकारका विपद व्यवस्थापन संयन्त्रहरू उद्धारका लागि हरहमेसा तम्तयार रहेको हुँदा तत्काल सम्बन्धित ठाउँमा खबर गर्नुहुन गण्डकी प्रदेशबासी सबै दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक अपिल गर्दछु’ अपिलमा छ ।

प्रकाशित : वैशाख १७, २०८१ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?