काठमाडौ, माघ ४ -
'नयाँ' शब्दले उत्साह बढाउने गर्दछ । प्रविधिको क्षेत्रमा पनि यसको आफ्नै महत्व छ । प्रविधिमा लगाव भएका र प्रेम गर्नेहरु प्रशस्त छन् । नयाँ विचार र प्रोडक्टका अवधारणा बोकी हिँड्नेको कमी छैन, सूचना प्रविधि संसारमा । कतिपयले विश्वको नीति नियमलाई नै बदल्ने क्षमता राख्छन् । सबै अवधारणा र विचार स्वीकारयोग्य हुन्छन् भन्ने छैन ।
नयाँ विचार र प्रोडक्टका आधारमा सन् २०१२ प्रशंसायोग्य छ । पोहोर सार्वजनिक भएका प्रोडक्ट चर्चा र रकम बटुलेका छन् । तर केहीले भने नराम्ररोसँग हावा खाए । हावा खानेमा नाम चलेका र सर्वसाधारणले विश्वास गरेका विश्वव्यापी संस्था परेका छन् । गत वर्षका कमजोरीले यी ठूला संस्थाका प्रोडक्टको बजारमा धक्का लाग्ने सम्भावना उत्तिकै छ ।
१. एप्पल म्याप्स
एप्पलको बहुप्रतीक्षित र अपेक्षित प्रोडक्ट आइफोन फाइभलाई सर्वसाधारणले मन पराए । तर आइफोन फाइभको खुसीसँगै एप्पलले प्रयोगकर्तालाई नमीठो टाउको दुखाइ पनि दियो । आइफोन फाइभसँगै रिलिज गरेका आईओएस सिक्सको म्याप्स एप्लिकेसन भने समस्या बन्यो । गुगल म्याप्स एप्लिकेसनलाई एप्पल म्याप्सले रिप्लेस गर्ने क्युपरटिनोको निर्णय गलत सावित भयो । एप्पल म्याप्सले मचाएको उत्पातहरू इन्टरनेटमा प्रशस्तै भेटिन्छन् । यहँासम्मकी एप्पल म्याप्सलाई पछ्याउँदा भोक प्यासले मरणासम्मको अवस्था सिर्जना भएको पनि छ । एप्पलकै पदाधिकारीले पनि एप्पल म्याप्समा विश्वस्त नरहन आग्रह गरे । आफ्नै प्रोडक्टलाई प्रयोग नगर्न प्रोत्साहन गर्नुपर्ने स्थिति हुँदा एप्पल खुसी त पक्कै छैन भने यसले आइफोन फाइभको लोकपि्रयतामा पनि असर पार्यो ।
२. फेसबुक आईपीओ
सोसल नेटवर्क सोसल मिडियो बदल्दै छ, तर पनि फेसबुक भने सञ्चार माध्यममा छाउन रोकिएको छैन । अनेक कारणका साथ फेसबुक छाइरहन्छ । सन् २०१२ मा पनि क्रम जारी रह्यो । इन्स्टाग्राम र आईपीओका कारण फेसबुक बढी 'हट' विषय बन्यो । इन्स्टाग्राम नामक एप्लिकेसन ठूलो रकम तिरेर किन्नुको पछाडिको ठोस कारण बुझ्न कारण के हो नबुझिए तापनि सञ्चार माध्यम भने चर्चित रह्यो । मे महिना फेसबुक पब्लिक कम्पनीका रूपमा सूचीकृत भयो । फेसबुकको लोकपि्रयतालाई हेरिकन धेरै सर्वसाधारण फेसबुकमा लगानी गर्न तम्सिए तर दुर्भाग्य लगानी दुब्यो, ३८ अमेरिकी डलर प्रतिसेयरबाट सुरु भएको फेसबुक आईपीओ पहिलो महिना १७ अमेरिकी डलरसम्म झर्यो ।
३. माइक्रोसफ्ट सर्फ]{
सन् २०१२ मा माइक्रोसफ्टले आफ्नो छविलाई केही बदल्ने प्रयास गर्यो । गत वर्ष माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टमको नयाँ संस्करण विन्डोज एट सार्वजनिक गर्यो । पछिल्ला अपरेटिङ सिस्टमभन्दा केही फरक युजर इन्टरफेसको नयाँ संस्करणले लोकपि्रयता राम्रै कमायो । माइक्रोसफ्टले ट्याब्लेट हार्डवेयरको दुनियाँमा हात हाल्यो र आफ्नै फोन हार्डवेयर पनि निर्माण गर्ने छनक पनि दियो । 'सर्फ]{' नाम दिइएको ट्याब्लेटले सोचे अनुरूपको सफलता पाउन सकेन । सर्फ]{ निर्माणका लागि माइक्रोसफ्टले गरेको दुई वर्ष मेहनत खेर गयो । आइप्याड जतिको दाम भए पनि पर्फमेन्स भने आइप्याड जतिको दिन सकेन । विन्डोज भए पनि प्रयोगकर्ताहरूले वास्तविक विन्डोजको मज्जा लुट्न पाएनन् । विन्डोजका पुराना एप्लिकेसनहरू सर्फ]{मा चलेनन् ।
५. सिरी
आइफोन फोरएसबाट एप्पलले 'सिरी' पर्सनल एसिस्टेन्ट एप्लिकेसन सार्वजनिक गर्यो । यो प्रयोगकर्ताले बोलेर दिएको आदेश पालना गर्ने यो एप्लिकेसन थियो । आईओएस फाइभमा रहेको सिरीको भर्सनको केही सीमित प्रयोगलाई अझ परिस्कृत गरेर आईओएस सिक्समा प्रस्तुत गरियो । वल्र्ड वाइड डेभेलपर कन्फरेन्स -डब्लूडब्लूडीसी) मा सिरीको बयान त धेरै गरिएको थियो । तर वास्तविकतामा सिरीले ती काम गर्ने सकेनन्, प्रयोगकर्ताहरूको प्रश्नको जवाफ दिन सकेन । एक हिसाबले सिरीको नयाँ संस्करणले हावा
खायो ।
प्रकाशित मिति: २०६९ माघ ५ ०९:३२
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !