Kantipur

Kantipur

मिति | २०७१ वैशाख १२, शुक्रबार     Login | Register
खेलकुद»

प|mेन्ड्सको लगातार पाँचौं जित

काठमाडौ, माघ ४ -
एनआईबीएल प|mेन्ड्सले रेलिगेसनमा परिसकेको महिन्द्रा बाँसबारीलाई पन्छाउँदै लगातार पाँचौं जित बिहीबार हात पारेको छ । ११ खेलयता अपराजित उसले २४ अंक बनाएर सुपर लिग प्रवेश सम्भावना बलियो पार्‍यो । 'बी' डिभिजनमा झर्ने पक्का भइसकेको अर्को क्लब बौद्धलाई हराएर आर्मी पनि सुपर लिग नजिक पुगेको छ । पाँच खेलयता अपराजित आर्मीको जितमा राजु तामाङ र नवयुग श्रेष्ठले गोल गरे । स्ट्राइकर भरत खवासको हेडरमा बल क्रसबार लागेर फर्कियो । दीपक लामाले प्रहार गरेको त्यही बल बौद्धका भूपाल गुरुङको हातले छोएपछि रेप|mी नवीन्द्र महर्जनले आर्मीलाई पेनाल्टी दिएको थियो । त्यसमा राजुले सटिक प्रहार गर्दै आर्मीलाई १५ औं मिनेटमै

अग्रता दिलाए । बौद्धको डिफेन्सको गल्तीको फाइदा लिँदै नवयुगले ८२ औं मिनेटमा आर्मीको अग्रता दोब्बर पारे । भरतको क्रसमा बौद्धका डिफेन्डर मानबहादुर तामाङको हातमा बल लागेपछि आर्मीले ९० औं मिनेटमा पनि पेनाल्टी पायो । तर त्यसमा भरत चुके । उनको प्रहार गोलकिपर रञ्जित गुरुङले रोके । त्यही रिबाउन्ड बललाई सन्तोष नेपालीले पनि पोस्टको दिशा दिन सकेनन् । भरतले गोलको सहज अवसरलाई ४७ औं मिनेटमा पनि उपयोग गर्न सकेनन् । बौद्धका हेम तामाङले ३० यार्डबाट प|mी किकमा सशक्त रूपमा हानेको बल आर्मीका गोलकिपर गंगाराम देउजाले पञ्च गर्दै बाहिर फाले । देउजासँगको वान भर्सेस वानमा सुविन श्रेष्ठले ७३ औं मिनेटमा प्रहार गरेको बल नजिकबाट बाहिरियो । 'बौद्ध नराम्रो टिम होइन,' आर्मीका प्रशिक्षक योगम्बर सुवालले भने, 'खेलाडीले बचेर खेले । त्यसैले हामीले स्वाभाविक खेल खेल्न सकेनौं ।'

भरतको पेनाल्टी चुकाईबारे सुवालले भने, 'उनी पेनाल्टीमा आत्मविश्वासी छैनन् । गोल संख्या बढाओस् भनेर पेनाल्टी हान्न दिएका थिए । तर सफल भएनन् ।' २५ औं अंकसहित छैटौंमा रहेको उनको टिम चार खेलयता अपराजित छ ।

अपि|mकीकै वर्चस्व

अपि|mकी खेलाडीद्वय जिका डोडोज र चेइख ओउमारले दोस्रो हाफमा गोल गरेपछि प|mेन्ड्सको जित सम्भव भयो । गोलकिपर किशोर गिरीलाई छक्याउँदै प्रकाश बुढाथोकीले उपलब्ध गराएको बललाई डोडोजले हेडद्वारा ४६ औं मिनेटमा पोस्टको दिशा दिँदै प|mेन्ड्सलाई अग्रता दिलाएका थिए ।

सन्तोष तामाङले प्रहार गरेको बल बाँसबारीका कप्तान चल्र्स राईले गोल लाइनबाट क्लियर गरेपछि ५९ औं मिनेटमा प|mेन्ड्सले अग्रता दोब्बर पार्न सकेन ।

जगजित श्रेष्ठको क्रसमा ओउमारले ७४ औं मिनेटमा चिप गर्दै बललाई जाली चुमाएपछि प|mेन्ड्स ३ अंकमा ढुक्क भएको थियो ।

प्रशिक्षक रमेश महर्जनले सम्हालेयता प|mेन्ड्सले ५ जित र १ बराबरी खेलेको छ । दिलकाजी गुरुङ प्रशिक्षक छँदा सुरुका ३ खेलमा प|mेन्ड्स १ अंकमै सीमित थियो । सात खेलमा ७ अंकमात्र जोडेपछि गुरुङले पद त्यागेका थिए । आठौं चरणमा पुलिसविरुद्ध गोलरहित खेल्दा प|mेन्ड्स सुशील केसीले सम्हालेका थिए ।

टिमको सुधारबारे महर्जनले भने, 'सिनियर खेलाडी अहिले प्रशिक्षणमा नियमित आउन थालेका छन् । त्यसैले खेलमा सुधार आएको छ ।' रेलिगेसनमा परिसकेकाले मानसिक रूपमा कमजोर भइसकेको उल्लेख गर्दै बाँसबारीका प्रशिक्षक दिपेश योञ्जन लामाले भने, 'त्यसैले नर्भस भए । उनीहरू थाकेका पनि छन् । परिवर्तन गर्न योग्य खेलाडी छैन ।'



प|mेन्ड्स २-० बाँसबारी

आर्मी २-० बौद्ध

प्रकाशित मिति: २०६९ माघ ५ ०८:५२

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-25
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

उइलेको दिवसाँ 'संविधान छिट्टै दिन्छु’ भन्याथेँ अइले नि त्यै भन्छु !... किनभने म अरुजस्तो कुरा फेरी हिँड्ने नेता हैन !

विज्ञापन

Travel de society Travel USA Radio Kantipur
  हाम्रा प्रकाशनहरु :
Our Publication