विराटनगर, पुस ११ -
व्यवस्थापन समितिले पूर्णकालीन शिक्षकलाई विस्थापन गरी आफ्ना मान्छेलाई प्रवेश गराउने प्रयास गरेको भन्दै विद्यार्थी र अभिभावकले मोरङको दर्बेसास्थित रत्न उच्चमाविमा बुधबार अनिश्चितकालीन ताला लगाएका छन् । उनीहरूले उच्चमावि स्थापनाकालदेखि अध्यापनरत स्नातकोत्तर शिक्षकलाई कक्षा नदिएर मावि शिक्षकलाई पढाउन दिएर विस्थापन गर्ने प्रयास गरेको दाबी गरेका छन् । विरोधमा विद्यार्थीले कक्षाकोठामा र अभिभावकले मूलद्वारमा ताला लगाएका हुन् । सरकारले यसपटकदेखि हरेक सामुदायिक उच्चमाविलाई तीन दरबन्दी दिने निर्णय गरेको छ ।