सहकारी छानबिनको माग गर्दै कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । संसद्को अधिवेशन सुरु भएको दिन नै कांग्रेसले बैठकमा आफ्नो कुरा राखेर बैठकको नियमित कारबाही अघि बढाउन नदिएको हो ।